बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

कर्मचारी दुर्व्यवहार आरोपमा सीईओ पक्राउ

मङ्गलबार, ०१ भदौ २०७८, १६ : १७
मङ्गलबार, ०१ भदौ २०७८

कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा विराटनगरस्थित ट्राइकोट इण्डस्ट्रिज प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जय चाण्डोकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर– १३ मा रहेको तयारी पोशाक उत्पादन गर्ने  सो उद्योगमा कार्यरत कर्मचारीलाई सीईओ चाण्डोकले पटक–पटक दर्व्यवहार गरेको भन्दै मजदुरहरू आन्दोलनमा उत्रिएपछि उनलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो । सीईओ चाण्डोक भारतीय नागरिक हुन् ।

करिब ३ सयको संख्यामा भेला भएका श्रमिकहरूले सीईओ चाण्डोकले महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गर्नुको साथै पुरूष श्रमिकहरूलाई कामबाट निकाल्ने धम्कि दिएको आरोप लगाएका थिए ।  इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक प्रकाश राउतसहित मोरङ प्रहरीको थप प्रहरी फोर्सले चाण्डोकलाई प्रहरीले पक्राउ गरेको हो।

नियन्त्रणमा लिएको सिइओलाई पक्राउ गरि अहिले जिल्ला प्रहरी कार्यालय ल्याएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । उनले यसबारे अनुसन्धान सुरू गरेको पनि बताए ।

 उद्योगमा कार्यरत श्रमिक महिलाहरुलाई पटक पटक दुव्र्यवहार गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको कर्मचारी राजीव सिंहले बताए ।

त्यहाँ कार्यरत श्रमिकहरूले दुव्र्यवहार गर्ने सिइओलाई हटाएर प्रशासनले कारवाही गरिनुपर्ने र उद्योगले श्रम ऐनले तोके अनुसारको सेवा सुविधा लिनुपर्ने माग पनि राखेका छन् ।

चाण्डोकले उद्योगको एक महिला कर्मचारीमाथि गत जेष्ठमा दुव्र्यवहार गरेको आरोप छ । तयारी कपडा उत्पादन गरी विदेश निर्यात गर्दै आएको ट्राइकोट इण्डष्ट्रिजमा ३५० जना भन्दा बढी मजदुर कार्यरत छन् । त्यसमध्ये १५० को संख्यामा महिला कामदारहरु रहेको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप