शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशसभामा एमालेको अवरोध

मङ्गलबार, ०१ भदौ २०७८, १५ : २६
मङ्गलबार, ०१ भदौ २०७८

 लुम्बिनी प्रदेशसभाको नवौँ अधिवेशन मंगलबारदेखि सुरु भएको छ । बैठक सुरु हुनासाथ प्रतिपक्षी दल एमालेले बैठकमा अवरोध गरेको थियो । 

सांसद अजय बहादुर शाही र विमला वलीको  बिषयमा निर्णय लिन दवाव दिँदै एमालेले बैठकमा अवरोध गरेको हो । दिउँसो १ बजेको लागि डाकिएको बैठक विवादका कारण साढे दुई शुरु भएको थियो । आजको बैठकमा सभामुख पुर्ण बहादुर घर्तीले प्रदेश प्रमुखले पठाएको पत्र पढेर सुनाउँदै भोलि १ बजेसम्म स्थगित गरेका थिए ।

सभामुखले बैठकको कारवाही अगाडी बढाउँदै गर्दा एमालेका सांसदहरुले अवरोध गरिरहेका थिए । 

आज बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले सम्वोधन गर्नेदेखि  विभिन्न विधेयक पेश गर्ने कार्यसूची रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप