अफगानिस्तानमा अमेरिकी पत्रकार हिजाबमा देखिइन् : भनिन्, ‘तालिबानीको व्यवहार मित्रवत्’
अफगानिस्तानमा सत्ता परिवर्तन भएलगत्तै मिडियाले पनि आफ्नो रङ्ग फेर्नुपरेको छ । अमेरिकी मिडिया हाउस सीएनएनकी मुख्य अन्तरराष्ट्रिय रिपोर्टर क्लेरिसा वार्ड हिजाबमा देखिइन् । रिपोर्टिङका बेला क्लेरिसाले एकातिर तालिबानीले अमेरिकालाई नष्ट गर्नुपर्छ भन्ने नारा लगाइरहेका छन् भने अर्कोतर्फ उनीहरुको व्यवहार निकै मित्रवत् देखिएको बताएकी छिन् । उनी यसलाई पूर्ण रुपमा अचम्म ठान्छिन् ।
क्लेरिसाले बताइन् महिलाका लागि कति फेरियो अफगानिस्तानः
क्लेरिसा सोमबार अफगानमा अमेरिकी दूतावासबाहिर रिपोर्टिङ गरिरहेकी थिइन् । उनले भनिन्, ‘दुई दिन अघिको तुलनामा अब अफगानिस्तानको सडकमा महिला निकै कम देखिएका छन् । यसबाहेक अर्को एउटा कुरा याद गर्नुपर्ने के छ भने अफगानिस्तानमा तालिबानले हुकुम जमाएपछि महिला बढी पारम्परिक र ढाकिने पहिरनमा देखिएका छन् ।’
२४ घण्टामा रिपोर्टिङको स्वरुप नै फेरियोः
क्लेरिसाको रिपोर्टिङको जुन भिडियो सार्वजनिक भएको छ, त्यसमा उनी टाउकोदेखि खुट्टासम्म बुर्कामा देखिएकी छिन् । उनको पछाडि तालिबानी लडाकू देखिएका छन् । कति जीपमा बसेर नाराबाजी गरिरहेका छन् – अमेरिका नष्ट होस् भन्दै । यसअघि पनि क्लेरिसाले अफगानिस्तानमा रिपोर्टिङ गरिरहेको देखिएकी थिइन् तर त्यतिबेला उनले यस्तो पहिरन लगाएकी थिइनन् । १५ अगस्टकै एउटा भिडियोमा उनी एउटा कुर्ता र सलमा देखिएकी थिइन् तर १६ अगस्टमा रिपोर्टिङ गर्दा उनले हिजाब लगाएको देख्न सकिन्छ ।
क्लेरिसाले भनिन्, ‘अफगानिस्तानमा काम गरिरहेका पत्रकार अक्क न बक्क छन्’
क्लेरिसाले आफ्नो एक रिपोर्टमा तालिबानी कब्जापछि यहाँ काम गरिरहेका बहादुर पत्रकार अक्क न बक्क भएको बताएकी छिन् । उनका अनुसार तालिबानले सत्ता हासिल गरेपछि उनीहरुलाई धक्का लागेको छ । उनले भनिन्, ‘हामीलाई थाहा छ कि अब हामी निशानामा छौं किनभने हामीले अशरफ गनी सरकारका बेला खुल्ला रुपमा रिपोर्टिङ गरेका थियौं । सुरुमा हामीले तालिबानविरुद्ध बोलिरहेका थियौं र अब सबैभन्दा ठूला टार्गेट हामी नै हौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा