सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

‘अमेरिका पठाइदिन्छु’ भनेर ठगी गरेको आरोपमा पक्राउ

मङ्गलबार, ०१ भदौ २०७८, १४ : ४१
मङ्गलबार, ०१ भदौ २०७८

‘अमेरिका पठाइदिन्छु’ भनेर ठगेको आरोपमा महानगरीय अपराध महाशाखाले एक जनालाई पक्राउ गरेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका घर भएका ५९ वर्षीय लाल बहादुर कार्कीलाई झापा प्रहरीसँगको समन्वयमा अर्जुनधाराबाट पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ ।

काठमाडौंको तीनकुने बस्ने कार्कीले पाँचथरका ध्रुव कुमार राईलाई भिजिट भिसामा दुबई हुँदै अमेरिका पठाउँछु भनेर ११ लाख ५० हजार ठगी गरेका थिए ।

अमेरिका जान ४० लाख लाग्ने र त्यहाँ पुगेपछि कोकाकोला कम्पनीमा महिनाको ३ लाख तलव आउने जागिर लगाइदिने आश्वासन दिएका कार्की ११ लाख ५० हजार लिएपछि फरार भएका थिए ।

वैदेशिक रोजगार विभागले उनविरुद्ध पक्राउ पूर्जी जारी गरेर प्रहरीलाई पत्राचार गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । आरोपीलाई प्रहरीले वैदेशिक रोजगार विभागमा उपस्थित गराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप