आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

जसपाको केन्द्रीय समिति बैठकमा सदस्यहरुलाई शपथग्रहण गराइयो

मङ्गलबार, ०१ भदौ २०७८, १४ : ३९
मङ्गलबार, ०१ भदौ २०७८

जनता समाजवादी पार्टी नेपाल (जसपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । कालिकास्थानमा सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुलाई सपथग्रहण गराइएको छ ।

जसपा गठन भएपछि केन्द्रीय कमिटीको आजको पहिलो बैठक हो । तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी मिलेर जसपा बन्दा पार्टी दर्ताका लागि ५१ सदस्यीय कार्यकारिणी समिति गठन गरिएको  थियो । त्यसलाई नै निर्वाचन आयोगले मान्यता दिएको थियो । पछि केन्द्रीय समिति पनि गठन भएको थियो तर त्यसको नामावली निर्वाचन आयोगमा पठाइएको थिएन ।

निर्वाचन आयोगबाट उपेन्द्र यादवले जसपाको आधिकारिकता पाएपछि केन्द्रीय कमिटीलाई पुनर्गठन गरि ५०१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ । त्यसको बैठक आज कालिकास्थानमा बसिरहेको हो ।

देशको वर्तमान राजनीतिक परिस्थिति र आगामी कार्यदिशा, पार्टीको संगठन सुदृढीकरण तथा जनजागरण अभियान र अभिमुखीकरण, प्रदेश पहिचानमा आधारित समितिहरु र विशेष तथा जनवर्गीय भातृ संगठनहरुको इन्चार्ज तथा प्रतिनिधिहरुको रिर्पोटिङ गरी पहिलो दिनको बैठक सम्पन्न हुने जसपाले जनाएको छ ।

त्यस्तै, दोस्रो दिन अर्थात भदौ २ गते समसामयिक राजनीतिक परिस्थिति बारे प्रदेश स्तरीय अभिमुख कार्यक्रम, समसामयिक राजनीतिक प्रस्ताव, सरकारमा सहभागी सम्बन्धमा, पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान र अभिमुखीकरण सम्बन्धी कार्यक्रमहरुको परिचालन, समन्वय, अनुगमन, मूल्यांकन र निरीक्षण, अवलोकन, अभिलेखिकरण गर्ने लगायतका आवश्यक कार्य गर्न सात सदस्यीय सचिवालय गठन गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप