मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माधव पक्षको भेला चल्दै गर्दा ओली पक्षका चार सांसद किन पुगे सिंहदरबार ?

मङ्गलबार, ०१ भदौ २०७८, १४ : २६
मङ्गलबार, ०१ भदौ २०७८

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद तथा नेताहरुको भेला चल्दै गर्दा केपी ओली पक्षका सांसद सिंहदरबारमा पुगेका छन् । वरिष्ठ नेता नेपालले मंगलबार बिहान आफूपक्षीय नेता तथा सांसदहरुसँग कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरेका थिए । नेता नेपाल आफूपक्षीय नेताहरुसँग छलफल गरेर सिंहदरबारबाट बाहिरिए लगत्तै ओली पक्षका सांसदहरु कृष्ण प्रसाद दाहाल, नवराज सिलवाल, गणेश पहाडी र सूर्य पाठक सिंहदरबार पुगेका थिए ।

सांसद पहाडीले आफूहरु मध्यस्थता गर्न आएको प्रतिक्रिया दिए । ‘हामी मध्यस्थता गर्न आएका हौ अरु केही होइन’, पहाडीको प्रतिक्रिया थियो ।

उनीहरुले नेपाल पक्षका दिपक प्रकाश भट्ट, जीवनराम श्रेष्ठ, यज्ञराज सुनुवार पवित्रा निरौला, झपट रावल लगायतसँग छलफल गरिरहेका छन् ।

एमालेमा बढेको विवादपछि पार्टी विभाजनतर्फ उन्मुख भएको छ । सरकारले आजै दल विभाजनसम्बन्धी खुकुलो अध्यादेश ल्याइसकेको छ । सोही अध्यादेशका आधारमा नेता माधव कुमार नेपाल समुहले निकट भविष्यमा नयाँ पार्टी गठन गर्ने तयारी गरेका छन् । 

एमाले विभाजन हुने निश्चित भएपछि एमालेका केही नेता तथा सांसदहरुले ओली कि माधव पक्षमा लाग्ने भन्ने निर्क्योल गर्न सकेका छैनन् । यस्तो अवस्थामा ओली पक्षका सांसदहरुले माधव पक्षको भेलामै पुगेर ओलीको पक्षमा ल्याउने प्रयास गरेको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप