गिरीबन्धु टी–स्टेटको जग्गा सट्टपट्टा गर्ने ओली सरकारको निर्णय कार्यान्वयन नगर्न संसदीय समितिको निर्देशन
संसद्को कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले ओली सरकारले झापाको गिरीबन्धु टी–स्टेटको जग्गा सट्टापट्टा गर्न गरेको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ । मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको समिति सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिइन ।
तत्कालीन एमाले अध्यक्ष समेत रहेका केपी ओली नेतृत्वको सरकारले २०७८ साल वैशाख १३ गते झापाको गिरीबन्धु टिस्टेटको ३४३ विगाह जग्गा सट्टापट्टा गर्न स्वीकृति दिएको थियो । समितिको बैठकले मन्त्रिपरिषद्को उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न नगराउन निर्देशन दिएको हो ।
त्यस्तै मंगलबारको बैठकले भूमिसम्बन्धी ऐन २०२१ अनुसार देशभर कुन कुन कम्पनी र फर्मको नाममा कुन कुन प्रदेश र स्थानीय तहमा हदबन्दी भन्दा बढी जमिन छ त्यसको विवरण बुझाउन पनि भूमि व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ ।
‘हदबन्दी भन्दा बढी जग्गा सरकारी स्वामित्वको जग्गा हो, त्यसको संरक्षण गर्न ऐन बनाउन तीन महिनाभित्र आवश्यक मस्यौदा बनाएर समितिमा पेस गर्न निर्देशन दिएको छ’, सभापति सुवेदीले भनिन् ।
त्यस्तै समितिको बैठकमा सांसदहरूले भूमाफियाको चलखेलमा मन्त्रिपरिषद् बैठकले टी–स्टेटवाला निर्णय गरेको भन्दै तत्काल यो प्रक्रिया रोक्न माग गरेका थिए । बैठकमा सांसदहरू राजबहादुर बुढा, शक्ति बस्नेत, घनश्याम दाहाल, भवानी प्रसाद खापुङ, दल बहादुर राना, सीतादेवी यादवलगायतले ओली सरकारले भूमाफियाको इशारामा उक्त निर्णय गरेको भन्दै विरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाल सागरमा पर्यटक चढेको डुङ्गा डुब्दा १६ जना बेपत्ता
-
लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार महर्जन (भिडियोसहित)
-
ट्रम्पले बढाए क्यानडा–चीनको चिन्ता
-
कीर्तिपुरमा त्रिपक्षीय भिडन्त हुने सम्भावना, के भन्छन् उम्मेदवारहरू ?
-
कर्णाली याक्सको ‘युथ ब्रान्ड एम्बासडर’ मा सिसन बानिया
-
३३४ किलो यार्सागुम्बा निर्यात हुँदा भित्रियो साढे १२ करोड