निर्माता भीम रानाको कोरोनाबाट मृत्यु
काठमाडाैं । नेपाली फिल्मका छायाँकार तथा निर्माता भीम रानाको मृत्यु भएको छ । मंगलवार विहान ८ः ३० बजे वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उनले मृत्यु भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले बताए ।
रानाको कोरोनाका कारण निधन भएको हो । ६० बर्षका राना कोरोना संक्रमित भएपछि सुरुमा कीर्तिपुरका आयुर्वेदिक अस्पताल भर्ना भएका थिए । त्यसपछि उनलाई वीरेन्द्र सैनिक अस्पताल सारिएको थियो ।
उनका श्रीमतीसहित एक छोरा र छोरी छन् । दुवै सन्तान अमेरिकामा रहेका छन् ।
सम्झना, वरमाला, राज्य, निशाना, लाल सलाम, लभ कुश’ लगायत कयौं सुपरहिट फिल्म छायाँकन गरेका राना फिल्म ‘माइली’का निर्माता समेत थिए । चलचित्र विकास कम्पनी बालाजुका सञ्चालक समेत रहेका राना अभिनय समेत गर्दथे ।
रानाको छोरा अमेरिकाबाट बुधवार नेपाल आउने भएकोले सोही दिन बिहान ९ बजे रानाको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार संघका अध्यक्ष खड्काको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वाधिक चासो र चर्चाको ‘नेपाल प्रिमियर लिग’ आजदेखि
-
आज बालाचतुर्दशी, शिवालयमा शतबीज छरिँदै
-
युरो, पाउण्ड स्टर्लिङ, क्यानेडियन डलर, जापानी येनको मूल्य बढ्यो, कसको कति ?
-
पर्वतारोहणमा जानेहरुलाई पूर्व चेतावनी, यस्तो छ आजको मौसम
-
शुभकार्य र यात्रा कस्तो बेला पारेर गर्ने ? हेरौँ आजको राशिफल
-
बराबरीले ब्राइटनलाई घाटा, झनै पछारियो साउथ ह्याम्पटन