आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

च्यासलमा ओली पक्षको बैठक बस्दा सिंहदरबारमा माधव पक्षको छलफल

मङ्गलबार, ०१ भदौ २०७८, १३ : ०७
मङ्गलबार, ०१ भदौ २०७८

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकट रहेका नेता र सांसदहरुसँग छलफल थालेका छन् ।

ललितपुरस्थित तुलसिलाल अमात्य प्रतिष्ठानमा अध्यक्ष ओली पक्षका नेताहरुको स्थायी समिति बैठक बसिरहेका बेला नेता नेपालले सिंहदरबारमा आफूपक्षीय नेता र सांसदहरुसँग छलफल गरेका हुन् । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेका बेला नेपालले आफूनिकट नेताहरुसँग छलफल गरेका हुन् ।

ओलीसँग मिलेर एमालेमा रहन नसकिने निष्कर्षसहित माधव नेपाल नयाँ पार्टी निर्माण गर्ने तयारीमा छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप