सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

काठमाडौंबाट गाँजासहित एकजना पक्राउ

मङ्गलबार, ०१ भदौ २०७८, १२ : ५३
मङ्गलबार, ०१ भदौ २०७८

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित थलीबाट प्रहरीले १८ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । सर्लाहीको हरिवन नगरपालिका–९ घर भएका ४२ वर्षीय संजिव राईलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

थली स्थित मिलनचोकमा डेरामा बस्ने राईले लागु औषध गाँजाको कारोबार गरेको सुराकको आधारमा महानगरीय प्रहरी वृत बौद्धबाट खटिएको टोलीले सोमबार उनलाई पक्रेको हो । उनीमाथि वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप