आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मन्त्रिपरिषद् बैठकअघि देउवाद्वारा काँग्रेसका नेताहरुसँग परामर्श

मङ्गलबार, ०१ भदौ २०७८, १२ : ४३
मङ्गलबार, ०१ भदौ २०७८

मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । अपरान्ह १२ बजेर १५ मिनेटदेखि बैठक सुरु भएको एक मन्त्रीले रातोपाटीले जानकारी दिए । 

आजको बैठकले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सम्भावना प्रवल रहेको छ । सरकारले सोही अध्यादेश ल्याउने उद्देश्यका साथै सोमबार मध्यरातदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गरेको थियो । 
बैठकअघि काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस नेताहरुसँग परामर्श गरेका छन् । 

देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्कासँग परामर्श गरेका हुन् । 

​सरकारले एमालेको माधव कुमार नेपाललाई पार्टी फुटाउन सजिलो हुनेगरी अध्यादेश ल्याउन लागेको बुझिएको छ । तर, सो अध्यादेशको असर जसपासम्म पनि पर्नसक्ने आँकलन गरिएको छ । 

जसपाको आधिकारिकता आफ्नो पक्षमा नपाएका महन्थ ठाकुर दल विभाजन गर्ने अध्यादेश ल्याउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेको समेत खुलासा भएको छ । मंगलबार बिहानै ठाकुर आफ्ना पक्षका नेता शरतसिंह भण्डारीसहित चार नेतालाई लिएर प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । 

प्रधानमन्त्रीसँगको भेटमा नेता ठाकुरले चाँडोभन्दा चाडो दल विभाजनसम्बन्धी अध्यादेश ल्याइदिन आग्रह गरेका थिए ।
ठाकुरले अध्यादेश माग गरेपछि उपेन्द्र यादव पक्ष थप झस्किन पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप