आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बाराको सिम्रौनगढ नगरपालिकाका वडाध्यक्षको मृत्यु

मङ्गलबार, ०१ भदौ २०७८, १२ : ०७
मङ्गलबार, ०१ भदौ २०७८

बाराको सिम्रौनगढ नगरपालिकाका–८ का वडाध्यक्षको मृत्यु भएको छ । मंगलबार विहान वडाध्यक्ष दामोदर जैसवालको उपचारको क्रममा मृत्यु भएको हो ।

५२ वर्षिय दामोदर जैसवालको मृत्यु मस्तिष्कघातका कारण काठमाडौँस्थित मेडिसिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोपाल ठाकुरले जानकारी दिए ।

जैसवाललाई २ छोरा, एक छोरी र श्रीमती छन् । उनी नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनको असामयिक निधनले माओवादी केन्द्र स्तब्ध भएको र पार्टीलाई क्षति भएको भन्दै नेता ठाकुरले श्रद्धाञ्जली अर्पण गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप