राष्ट्रपतिद्वारा नयाँ प्रदेश प्रमुख नियुक्त, राजेश अहिराज पदमुक्त (विज्ञप्तिसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर २ को प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मिश्रलाई प्रदेश २ को प्रमुखमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेकी थिइन् ।
संविधानको धारा १६३ को उपधारा २ बमोजिम राष्ट्रपतिले महोत्तरीका मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी राष्ट्रपति भण्डारीले यसअघिका प्रदेश प्रमुख राजेश झा (अहिराज) लाई पदमुक्त गरेकी छिन् । मन्त्रिपरिषद्को साउन ३२ गतेको निर्णयअनुसार संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम झालाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
तत्कालीन केपी ओली नेतृत्वको सरकारले झालाई प्रदेश प्रमुखमा पदमुक्त गरेको थियो । अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारले मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो ।
यसअघि देउवा सरकारले लुम्बिनी र गण्डकी प्रदेशमा पनि प्रदेश प्रमुख परिवर्तन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसलाई मनाउने जिम्मा अब अमेरिकाको
-
सात महिनामा बैंकिङ क्षेत्रले कमायो ३७ अर्ब ९१ करोड
-
बालेन शाहविरुद्धको रिट हेर्न नभ्याइनेमा
-
आर्मी क्लबको लगातार दोस्रो जित, सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हरायो
-
बजेट निर्माण र बाँडफाँडको अधिकार प्रदेश र स्थानीय तहलाई दिँदा देश बन्दैन : अर्थमन्त्री
-
‘किसिक’ गर्ल श्रीलिलालाई डेट गर्दैछन् कार्तिक आर्यन ?