लुम्बिनी प्रदेशमा जसपाको समानुपातिक सांसद थपिँदै
मङ्गलबार, ०१ भदौ २०७८, ११ : ३१
लुम्बिनी प्रदेशमा जसपाले समानुपातिक सांसद कल्पना पाण्डेयलाई कारबाही गरेपछि उनको ठाउँमा नयाँ सांसद नियुक्तिको लागि नाम पठाएको छ । हिजो बसेको पार्टीको कार्यकारिणी बैठकले रुपन्देहीको सिहारी गाउँपालिका वार्ड ५ बस्ने निर्मला मुडभरी भट्टराईलाई सिफारिस गरेको पूर्व मन्त्री एव जसपाका नेता मोहम्मद ईस्तियाक राइले रातोपाटीलाई बताए । उनले भने, 'हिजो निर्णय भएको छ । आज निर्वाचन आयोगमा दर्ता पनि भइसक्यो।'
लुम्बिनी प्रदेशमा जसपा ६ सांसद मध्ये तीन जना कारबाहीमा परेका थिए । जसमा सन्तोष पाण्डेय र विजय बहादुर यादव प्रत्यक्ष निर्वाचित हुन् । कल्पना पाण्डेय समानुपातिक सूचीमा परेकी थिइन् । उनको ठाउँमा पार्टीले निर्मला मुडभरी भट्टराईलाई पठाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चद्वारा एमाले जग्गा विवादसम्बन्धी रिट खारेज
-
बेचन झा र प्रतिक थापालाई थुनामै पठाउन उच्च अदालतको आदेश
-
मस्कले साँच्चै दिन लागेका हुन् २ करोड डलर क्रिप्टो दान ?
-
अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान
-
नेपालमै अन्तःशुल्क स्टिकर छाप्ने परिस्थिति निर्माण गर्छौं : मन्त्री गुरुङ
-
१३ वर्षपछि सिरियामा दूतावास खोल्दैछ कतार