बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि, मुख्यमन्त्रीले सम्बोधन गर्ने

मङ्गलबार, ०१ भदौ २०७८, ११ : ११
मङ्गलबार, ०१ भदौ २०७८

लुम्बिनी प्रदेश सभाको नवौँ अधिवेशन मंगलबारदेखि सुरु हुँदैछ । संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेको अधिवेशन दिउँसो १ बजेदेखि सुरु हुने प्रदेश सभाका सचिव दुर्लभ पुन मगरले जानकारी दिए । अधिवेशनमा  नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

साउन २७ गते चार दलको समर्थनमा माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री बनेका थिए । आज उद्योग, वन तथा वातावरण मन्त्री समेत रहेका मुख्यमन्त्री केसीले प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि सभामा पेश गर्नेछन्।

यस्तै प्रदेश मामिला तथा कानून समितिका सभापति दावा कुमारी शर्माले प्रदेश पदक ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गर्ने कार्यसुची रहेको  प्रदेश सभा सचिवालयले जनाएको छ ।

एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारले राजीनामा दिएपछि कांग्रेस, माओवादी,जसपा,जनमोर्चा र स्वतन्त्र सांसदको समर्थनमा माओवादी संसदीय दलका नेता समेत रहेका केसी मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री विश्वास मत लिने बाहिर चर्चा चलेपनि आज लिने कार्यसूचीमा उल्लेख छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप