शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

१८ दिन कैद तोकिएका फरार प्रतिवादी पक्राउ

मङ्गलबार, ०१ भदौ २०७८, १० : २२
मङ्गलबार, ०१ भदौ २०७८

मकवानपुरको हेटौंडा उप महानगरपालिका–११ बाट प्रहरीले लागु औषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट १८ दिन कैद सजायको फैसला तोकिएका ३० वर्षीय श्रीकृष्ण सुवेदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता (डिएसपी) जयश्वर रिमालले रातोपाटीलाई बताए । हेटौंडा उपमहागरपालिका–११ घर भएका सुवेदीलाई अदालतले १८ दिन कैद र २ हजार जरिवाना हुने फैसला गरेको थियो ।

गाँजा मुद्दामा अदालतले कैद र जरिवाना तोकेपछि उनी फरार भएका थिए । सुवेदीलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप