अखिल फोर्सद्वारा शंकरदेव क्याम्पसमा सेनिटरी प्याड भेन्डिङ मेसिन हस्तान्तरण
मङ्गलबार, ०१ भदौ २०७८, ०९ : २४
अनेरास्ववियु केन्द्रीय कमिटीको समन्वयमा अखिल फोर्सले शंकरदेव क्याम्पसमा सेनिटरी प्याड भेन्डिङ मेसिन हस्तान्तरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सुदेश पराजुली तथा विशेष अतिथि क्याम्पस प्रमुख सहायक क्याम्पस प्रमुख अनेरास्ववियुका उपाध्यक्ष माधव पन्त सचिव मेघनाथ चापागाईँ रहेका थिए।
कार्यक्रमको अध्यक्षता अखिल फोर्सका संयोजक उपेन्द्र जङ्ग शाहीले गरेका थिए भने सञ्चालन अखिल फोर्सका सचिव सन्तोष शेर्पाले गरेका थिए । प्रमुख अतिथि पराजुलीले देशभरिका सरकारी क्याम्पसमा सेनिटरी प्याड मेसिन राख्ने अभियान सञ्चालन गर्ने बताए । उनले अखिल फोर्सले रचनात्मक कामको अगुवाइ गर्ने बताउँदै आफ्नो उद्देश्यमा कसैले अवरोध गर्नेहरूले त्यसको नमिठो जवाफ पाउने बताए । फोर्सले महिला शौचालय सरसफाइसमेत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने