सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

अभिनेत्री करिश्माले ल्याइन् मौलिक तीज गीत

मङ्गलबार, ०१ भदौ २०७८, ०९ : ११
मङ्गलबार, ०१ भदौ २०७८

 
अभिनेत्री  करिश्मा मानन्धरले ‘आउ न संगी हो गाउँ न मिलेर छमछम नाचौं न पीर भुलेर’ बोलको तीजको गीत ल्याएकी छन् ।

अभिनयबाट सबैको मनमा बस्न सफल मानन्धरले यो पटक नजिकिदै गरेको तीजको अवसर पारेर तीज गीत ल्याएकी हुन् ।

मौलिक शैलीमा तयार गरिएको गीतमा गायिका मेलिना राईको स्वर तथा साहाज सिहंको संगीत छ ।

गीतको आकर्षक म्युजिक भिडियो समेत बनेको छ । जसमा अभिनेत्री करिश्मा मानन्धर, अभिनेत्री तथा मोडल क्षितिजा शाक्य, मोडल सम्झना बुढाथोकी, तेन्जु योजन लगायतको अभिनय देख्न सकिन्छ ।

के.बि फिलम्स् प्रस्तुतिमा बनेको गीतको भिडियोमा मौलिकता झल्कने गरेर निर्माण भएको छ । जसको निर्देशक गोविन्द राईले गरेका हुन् । भिडियो अभिनेत्री मानन्धरले आफ्नो अफिसियल युट्युवबाट सार्वजनिक युट्युबमा रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप