मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपतिको गुनासो – हामीले अफगानिस्तानमा अर्बौँ डलर खर्च गर्‍यौँ, त्यहाँको नेतृत्वले नलडी हार मान्यो

मङ्गलबार, ०१ भदौ २०७८, ०६ : २३
मङ्गलबार, ०१ भदौ २०७८


अमेरिकी सेना फिर्ता भए लगत्तै अफगानिस्तान पुनः विद्रोही समूह तालिबानको कब्जामा पुगेपछि यति बेला अमेरिकी राष्ट्रपति जो बाइडेनको चौतर्फी आलोचना भइरहेको छ । यसबीच बाइडेनले देशको नाममा सम्बोधन गरेका छन् । उनले भने, ‘अफगानिस्तानको स्थिति अचानक बदलियो । यसको असर अन्य देशमा पनि पर्‍यो । तर, आतंकवादविरुद्ध हाम्रो लडाइँ जारी रहनेछ ।’

‘हाम्रो सैनिकले ठूलो त्याग गरेका छन् । अफगानिस्तानमा भरोसाको सङ्कट छ । अमेरिकाका हरेक नागरिक त्यहाँबाट सुरक्षित घर फर्काउन हामी प्रयास गरिरहेका छौँ । मानिसहरू हामीमाथि प्रश्न उठाइरहेका छन् । उनीहरूले अफगानिस्तान छाडेर जाने उनीहरूका राष्ट्रपति अशरफ गनीसँग पनि प्रश्न गर्नुपर्छ । हाम्रो सेनाले थप जोखिम उठाउन सक्ने थिएनन् । आशा गर्छौँ त्यहाँको स्थिति फेरि राम्रो हुनेछ,’ उनले थपे ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता बोलाउने आफ्नो निर्णयको बचाउ गर्दै उनले भने, ‘हामीसँग दुई विकल्प थिए । पहिलो –  तालिबानसँग भएको सम्झौता लागू गर्ने र सेना फिर्ता बोलाउने । दोस्रो – कयौँ हजार सैनिक त्यहाँ पठाउने र युद्ध जारी राख्ने । अफगानिस्तानका नेताहरूले हतियार बिसाएर देशबाट भागे । २० वर्षको प्रशिक्षणपछि पनि त्यहाँको सेनाले आत्मसमर्पण गरिदियो ।’

बाइडेनको सम्बोधनको महत्त्वपूर्ण अंश :

–मेरो राष्ट्रिय सुरक्षा टोली र म आफै पछिल्लो अवस्थाबारे नजर राखिरहेका छौँ । त्यहाँ अमेरिका किन गयो भनेर हामीले हेर्नुपर्छ । हामी त्यहाँ २० वर्ष रह्यौँ । हामीले अलकायदाको नाम निसान मेटायौँ । ओसामा विन लादेनलाई खत्तम गर्‍यौँ । अफगानिस्तानलाई बनाउन हामीले हर प्रयास गर्‍यौँ । अमेरिकाले अलकायदालाई खत्तम गर्ने आफ्नो लक्ष्यमा सफलता हासिल गर्‍यो ।

– जब मैले सत्ता सम्हाले त्योभन्दा पहिले नै डोनाल्ड ट्रम्प तालिबानसँग वार्ता गरिरहेका थिए । १ मेपछि हामीसँग धेरै विकल्पहरू बाँकी थिएनन् । कि त हामी त्यहाँ रहेर तालिबानसँग लड्थ्यौँ या अमेरिकी सेनालाई फिर्ता बोलाउँथ्यौँ । म आफ्नो योजनामा अडिग रहेँ ।

– अफगान नेतृत्वले चाँडै आत्मसमर्पण गर्‍यो । हामीले त्यहाँ अरबौँ डलर खर्च गर्‍यौँ । अफगान सेनालाई प्रशिक्षण गर्‍यौँ । यत्रो ठूलो फौज र हतियार भएको मानिसहरूले कसरी हार माने ? यो पनि सोच्नुपर्छ । यो गम्भीर मुद्दा हो ।

– अमेरिकी त्यहाँ अझै कति बस्थ्यो । एक वर्ष या पाँच वर्ष ? यसले के स्थिति बदलिन्थ्यो ? मैले अशरफ गनीसँग जुनमा कुरा गरेको थिएँ । मैले उनलाई प्रशासनमा व्याप्त भ्रष्टाचार अन्त्य गर्न भनेको थिएँ । गनीलाई भरोसा थियो कि उनको फौजले तालिबानसँग लड्न सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप