अमेरिकी राष्ट्रपतिको गुनासो – हामीले अफगानिस्तानमा अर्बौँ डलर खर्च गर्यौँ, त्यहाँको नेतृत्वले नलडी हार मान्यो
अमेरिकी सेना फिर्ता भए लगत्तै अफगानिस्तान पुनः विद्रोही समूह तालिबानको कब्जामा पुगेपछि यति बेला अमेरिकी राष्ट्रपति जो बाइडेनको चौतर्फी आलोचना भइरहेको छ । यसबीच बाइडेनले देशको नाममा सम्बोधन गरेका छन् । उनले भने, ‘अफगानिस्तानको स्थिति अचानक बदलियो । यसको असर अन्य देशमा पनि पर्यो । तर, आतंकवादविरुद्ध हाम्रो लडाइँ जारी रहनेछ ।’
‘हाम्रो सैनिकले ठूलो त्याग गरेका छन् । अफगानिस्तानमा भरोसाको सङ्कट छ । अमेरिकाका हरेक नागरिक त्यहाँबाट सुरक्षित घर फर्काउन हामी प्रयास गरिरहेका छौँ । मानिसहरू हामीमाथि प्रश्न उठाइरहेका छन् । उनीहरूले अफगानिस्तान छाडेर जाने उनीहरूका राष्ट्रपति अशरफ गनीसँग पनि प्रश्न गर्नुपर्छ । हाम्रो सेनाले थप जोखिम उठाउन सक्ने थिएनन् । आशा गर्छौँ त्यहाँको स्थिति फेरि राम्रो हुनेछ,’ उनले थपे ।
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता बोलाउने आफ्नो निर्णयको बचाउ गर्दै उनले भने, ‘हामीसँग दुई विकल्प थिए । पहिलो – तालिबानसँग भएको सम्झौता लागू गर्ने र सेना फिर्ता बोलाउने । दोस्रो – कयौँ हजार सैनिक त्यहाँ पठाउने र युद्ध जारी राख्ने । अफगानिस्तानका नेताहरूले हतियार बिसाएर देशबाट भागे । २० वर्षको प्रशिक्षणपछि पनि त्यहाँको सेनाले आत्मसमर्पण गरिदियो ।’
बाइडेनको सम्बोधनको महत्त्वपूर्ण अंश :
–मेरो राष्ट्रिय सुरक्षा टोली र म आफै पछिल्लो अवस्थाबारे नजर राखिरहेका छौँ । त्यहाँ अमेरिका किन गयो भनेर हामीले हेर्नुपर्छ । हामी त्यहाँ २० वर्ष रह्यौँ । हामीले अलकायदाको नाम निसान मेटायौँ । ओसामा विन लादेनलाई खत्तम गर्यौँ । अफगानिस्तानलाई बनाउन हामीले हर प्रयास गर्यौँ । अमेरिकाले अलकायदालाई खत्तम गर्ने आफ्नो लक्ष्यमा सफलता हासिल गर्यो ।
– जब मैले सत्ता सम्हाले त्योभन्दा पहिले नै डोनाल्ड ट्रम्प तालिबानसँग वार्ता गरिरहेका थिए । १ मेपछि हामीसँग धेरै विकल्पहरू बाँकी थिएनन् । कि त हामी त्यहाँ रहेर तालिबानसँग लड्थ्यौँ या अमेरिकी सेनालाई फिर्ता बोलाउँथ्यौँ । म आफ्नो योजनामा अडिग रहेँ ।
– अफगान नेतृत्वले चाँडै आत्मसमर्पण गर्यो । हामीले त्यहाँ अरबौँ डलर खर्च गर्यौँ । अफगान सेनालाई प्रशिक्षण गर्यौँ । यत्रो ठूलो फौज र हतियार भएको मानिसहरूले कसरी हार माने ? यो पनि सोच्नुपर्छ । यो गम्भीर मुद्दा हो ।
– अमेरिकी त्यहाँ अझै कति बस्थ्यो । एक वर्ष या पाँच वर्ष ? यसले के स्थिति बदलिन्थ्यो ? मैले अशरफ गनीसँग जुनमा कुरा गरेको थिएँ । मैले उनलाई प्रशासनमा व्याप्त भ्रष्टाचार अन्त्य गर्न भनेको थिएँ । गनीलाई भरोसा थियो कि उनको फौजले तालिबानसँग लड्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहिद गङ्गालाल हृदयरोग केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण