बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

अफगानी सैनिक विमान उज्वेकिस्तानले खसाल्यो

सोमबार, ३२ साउन २०७८, २१ : ४५
सोमबार, ३२ साउन २०७८

अफगानी सैनिक विमान दुर्घटनाग्रस्त भएको छ । उज्वेकिस्तानका रक्षा मन्त्रालयका अनुसार उसको डिफेन्स सिस्टमले अफगानी सैनिक विमान खसालेको हो । उज्वेकिस्तानका अनुसार अफगानी मिलिट्री जहाज सीमा पार गरेर उसको क्षेत्रमा पुगेपछि सो कदम चालिएको हो । 

रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार जेट विमानले उसको वायु क्षेत्रमा अवैध तरिकाले प्रवेशको प्रयास गरेको थियो ।  स्थानीय मिडिया रिपोर्टकाअनुसार सीमा क्षेत्रमा पर्ने सुर्खोन्डारयो प्राप्तमा यो घटना आइतबार राति भएको थियो । 
यद्यपि त्यहाँको सरकारले विमानमा कति जना सवार थिए र के कति क्षति भयो भन्नेबारे केही बताइएको छैन ।

 सुर्खोन्डारयो प्राप्तका चिकित्सकले एपीएफले बताएअनुसार अफगानी सैनिकको पोसाक लगाएका दुई जनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरु प्यारासुट प्रयोग गरेर बाँच्न सफल भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप