सुर्खेतमा भदौ ७ गतेसम्म थपियो निषेधाज्ञा

सुर्खेत जिल्लामा यथास्थितिमा भदौ ७ गते सम्मका लागि निषेधाज्ञा थपिएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले आजदेखि भदौ ७ गते राती १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा थप गरिएको जनाएको हो।
कोरोना भाइरस (कोभिड–१९)को जोखिम कायमै रहेकाले निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जनाकारी दिए । उनका अनुसार औषधी तथा औषधीजन्य पसल र पेट्रोल पम्प दैनिक २४ सै घण्टा खुल्ला हुनेछन् भने खाद्यान्न लगायत अन्य पसलहरू बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म खोल्न दिइनेछ।
यस्तै सबै तहका परीक्षा सञ्चालन स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरी सञ्चालन गर्न भनिएको छ। यस्तै जिल्ला प्रशासनले भिडभाड गर्न नपाइने आदेश गरे पनि त्यसको पालना हुन भने सकिरहेको छैन ।
वीरेन्द्रनगरमा दैनिक जसो भेला तथा आन्दोलनहरू गर्ने गरिएका छन् भने त्यसको नेतृत्व राजनीतिक दलहरूका नेताहरूले नै गर्ने गरेका छन् । प्रशासनले आफैले गरेको नियमको समेत पालना गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ ।
पछिल्लो समय सुर्खेत लगायत कर्णालीका सबैजसो जिल्लाहरूमा कोरोना भाइरसको सङ्क्रमण दैनिक उकालो लागिरहेको छ । तर, प्रशासनहरूले निषेधाज्ञा खुकुलो बनाएका छन् । गरिएका निर्णयको समेत पूर्ण रूपमा पालना हुन सकिरहेको छैन ।
स्वास्थ्यका अधिकारीहरू भने जनस्वास्थ्यका मापदण्डमा हेलचक्र्याइँ गरिँदा कोरोना पुन बढ्न थालेको भन्दै सतर्कता अपनाउन भनिरहेका छन् । सुर्खेतमा गत वैशाख १४ गतेदेखि निरन्तर निषेधाज्ञा लागु गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यामल र राफिन्हा चम्किएसँगै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश
-
साउदी वार्ता : युक्रेन ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव मान्न तयार
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म