नेपाल प्रहरीलाई यामाहा नेपालद्वारा २ वटा मोटरसाइकल सहयोग
सोमबार, ३२ साउन २०७८, १९ : १२
काठमाडौं । एम.ए.डब्लुले नेपाल प्रहरीलाई यामाहाको २ वटा मोटरसाइकल सहयोग गरेको छ । आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा कम्पनीले प्रहरीलाई सो सहयोग गरेको हो ।
हालै यामाहाले एफजेड २५ र सालुटो नामक २ वटा मोटरसाइकलहरू नेपाल प्रहरीलाई प्रदान गरेको हो । कालिमाटी प्रहरी बिटमा साउन ३२ गते सम्पन्न हस्तान्तरण समारोहमा यामाहाका प्रमुख व्यवस्थापकीय अधिकृत राजु क्षेत्रीले नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरिक्षक अशोकसिंह र प्रहरी उपरिक्षक अपिलराज बोहराको उपस्थितिमा सो मोटरसाइकल हस्तान्तरण गरेको हो ।