मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउन राप्रपाको माग

सोमबार, ३२ साउन २०७८, १८ : ४८
सोमबार, ३२ साउन २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित रुपमा स्वदेश फर्काउन सरकारसँग माग गरेको छ । तालिवानी विद्रोहीहरुले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि त्यहाँको शान्ति सुरक्षा खलबलिएको भन्दै त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन र उनीहरुको पूर्ण सुरक्षा गर्न समेत राप्रपाले माग गरेको छ ।

 सोमबार बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले गरेको ७ बुँदे निर्णय सार्वजनिक गर्दै राप्रपाले ब्रिटिश गोरखाका भूतपूर्व सैनिकहरूको संघर्षप्रति ऐक्यबद्धता समेत जनाएको छ । सो पार्टीले ब्रिटिश गोरखा भूतपूर्व सैनिकहरूका माग तत्काल पुरा गर्न समेत बेलायत सरकारसँग आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप