शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

समृद्धि फाइनान्स र फेवा बजार बीच कन्जुमर ईएमआई कर्जा प्रवाह सम्बन्धी सम्झौता

सोमबार, ३२ साउन २०७८, १८ : ४८
सोमबार, ३२ साउन २०७८

काठमाडौं । समृद्धि फाइनान्स र फेवा बजार बीच कन्जुमर ईएमआई कर्जा प्रवाह सम्बन्धी सम्झौता भएको छ । 

सो सम्झौतामा ५० हजारदेखि ५ लाखसम्मको सामाग्री खरिदमा शुन्य प्रतिशत व्याजदरमा फेवा बजार तथा फाइनान्सका ग्राहकहरुले ६ महिना देखि ३६ महिना सम्मका लागि कर्जा सुविधा पाउनेछन् । 

सम्झौतामा फाइनान्सका प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र फेवा बजारका  प्रमुख कार्यकारी अधिकृत सुजन आर्चायले हस्ताक्षर गरेका छन् ।

उक्त कर्जा बैंकका नयाँ तथा पुराना ग्राहकहरुलाई मध्यनजर गर्दै बनाइएको हो । यो कर्जाले ग्राहकहरुलाई आवश्यक इलेक्ट्रिक ग्याजेट तथा घरायसी सामग्री खरिद गर्न सहज हुने बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप