टीभीएस ‘न्यू रेस अपाचे १६० २भी’ सार्वजनिक, मूल्य कति ?

person explore access_timeसाउन ३२, २०७८ chat_bubble_outline0

काठमाडौं । टू–ह्वीलर तथा थ्री–ह्वीलर निर्माता कम्पनी टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले कम्पनीले ‘टीभीएस न्यू रेस इन्स्पाइर्ड ग्राफिक्स र फराकिलो टायर भएको अपाचे १६० २भी’ सार्वजनिक गरेको छ । 

जगदम्बाले काठमाडौंको सानो भर्याङमा आफ्नो शोरुम विस्तार गरी यो मोटरसाइकल सार्वजनिक गरेको हो ।

कम्पनीले अपाचे १६० २भीमा न्यू रेस इन्स्पाइर्ड ग्राफिक्स समावेस गरि फरक डिजाइनमा बजारमा ल्याएको हो । यसको पछाडि १२०/७०×१७को नयाँ फराकिलो टायर राखिएको छ जसले बाटोमा अझ राम्रो ग्रिप र सुरक्षा प्रदान गर्ने कम्पनीको दावी छ ।

२ लाख ६९ हजार ९ सय रुपैयाँ मूल्य तोकिएको यो मोटरसाइकल पर्ल वाइट, म्याट ब्लु, ब्ल्याक, ग्लस रेड र ग्रे गरेर ५ ओटा भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।