शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डिआइजी कार्कीले गरे कार्यालय प्रमुखसँग कार्य सम्पादन सम्झौता

सोमबार, ३२ साउन २०७८, १८ : ३६
सोमबार, ३२ साउन २०७८

बागमती प्रदेश प्रहरी कार्यालयले चालू आर्थिक वर्ष २०७८/०७९ को लागि मातहतका कार्यालयसँग कार्यसम्पादन करार सम्झौता गरेको छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) प्रकाशजंग कार्कीले प्रदेश प्रहरी मातहतका १४ वटा कार्यालयका प्रमुखहरुसँग कार्य सम्पादन करार सम्झौता गरेका हुन् । 

बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरूले मासिक रुपमा सम्पादन गर्नुपर्ने, कार्यहरुको सूचक निर्धारण गरि डिआइजी कार्कीले मातहत कार्यालय प्रमुखहरुबीच भिडियो कन्फ्रेन्समार्फत कार्य सम्पादन करार सम्झौता गरेका हुन् । 

डिआइजी कार्कीले प्रदेश प्रहरी कार्यालय अन्तर्गतका १० वटा जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश ट्राफिक प्रहरी कार्यालय र २ वटा गण मुख्यालय गरी १४ वटा प्रत्यक्ष मातहतका कार्यालयहरूसँग कार्य सम्पादन करार सम्झौता गरेका हुन् । 

एक वर्षे कार्य अवधिमा कार्य सम्पादन करार सम्झौतामा निर्धारण गरेका सूचकहरुको मासिक मूल्यांकन गरी मातहत कार्यालयहरूको कार्य सम्पादनको स्तरसमेत निर्धारण गरिने प्रदेश प्रहरी कार्यालय बागमती प्रदेश हेटौंडाले जनाएको छ ।

प्रहरीको प्रशासनिक कार्यका साथै सेवा प्रवाहलाई प्रणालीवद्ध बनाउने र शान्ति सुरक्षा एवम् अपराध नियन्त्रण लगायतका कार्यलाई सुदृढ र विश्वसनीय बनाउने उद्देश्यले कार्य सम्पादन करार गरीएको डिआइजी कार्कीले बताए ।

तोकिएको कार्य समय, पदीय अधिकारको सीमा र सोपानसँग आबद्ध गर्दै समग्रतामा जनता र संगठन प्रति जवाफदेही बनाउने, सुशासन कायम गर्न, प्रशासनमा सिर्जनशीलता अभिवृद्बि गर्ने, नेपाल प्रहरीको समग्र कार्य सम्पादनको स्तर वढाउन, आन्तरिक क्षमता सुदृढ गर्ने, सुरक्षा चुनौतीहरूको विश्लेषण गरी जनतालाई सुरक्षाको प्रत्याभूति दिन, अपराधिक कार्य र भ्रष्टाचारजन्य क्रियाकलाप नियन्त्रण गर्न उद्देश्यसहित सम्झौता गरीएको प्रदेश प्रहरी कार्यालय बागमती प्रदेश हेटौंडाका प्रवक्ता नवराज अधिकारी जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप