गण्डकीमा ६५६ जनामा कोरोना संक्रमण पुष्टि, थप १० जनाको मृत्यु

गण्डकी प्रदेशमा थप ६५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ३३९ जनामा गरिएको नमूना परीक्षणमा ६५६ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ३६४ महिला र २९२ जना पुरुष रहेका छन् । सोमबार गण्डकीमा संक्रमितको संख्या उच्च रुपमा वृद्धि भएको छ । आइतबार प्रदेशमा जम्मा ३८० जना संक्रमित भेटिएकोमा सोमबार ६५६ जनामा संक्रमण देखिएको हो ।
प्रदेशका ७ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र कम तनहुँमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार कास्की २३१ बागलुङ ९०, स्याङ्जा ५१, म्याग्दी १४, पर्वत ७, गोरखा १६१, लमजुङ १४ तनहुँमा ६ र नवलपुरमा ४२ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७६ हजार ३४२ पुगेको छ ।
गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत १० जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१३ का ७७ वर्षीय पुरुष, पोखरा–१६ का ६३ वर्षीय पुरुष, पोखरा–२६ का ७० वर्षीय पुरुष, पोखरा–२४ की ४१ वर्षीय महिला र पोखरा–३३ की ५५ वर्षीय महिलाको मृत्यु भएको छ । उनीहरु ६ जनाको पोखराका विभिन्न अस्पतालहरुमा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यसैगरी स्याङजाको गल्याङ नगरपालिका–५ का ६३ वर्षीय पुरुष, पुललीबजार–२ का ७० वर्षीय पुरुष, तनहुँ–१ का ८१ वर्षीय पुरुष र नवलपरासी पूर्व, कावासोती–१६ की ७८ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २०२ जना पुगेको छ ।
गण्डकी प्रदेशमा हालसम्म ६८ हजार ९७२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा आइतबार मात्र संक्रमणमुक्त हुनेको संख्या ६१६ रहेको छ । गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार १६८ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ