आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भागेर जाऊँ कुन ठाउँ जाऊँ : तालिबानी त्रासका १५ तस्बिर

सोमबार, ३२ साउन २०७८, १७ : १२
सोमबार, ३२ साउन २०७८

अफगानिस्तानमाथि तालिबानले कब्जा जमाएको छ । देशमा भागदौडको माहौल छ । राष्ट्रपति अशरफ गानी र उप–राष्ट्रपति रमीरुल्लाह सालेह देश छोडेर भागिसकेका छन् । राष्ट्रपति भवनमाथि तालिबानी लडाकू तैनाथ छन् । बैंक अगाडि लामो लाइन छ । विमानस्थलको रनवेमा हज्जारौं मानिस कुनै विमानमा ठाउँ पाए, देश छोडेर पाइन्थ्यो भनेर यताउती गरिरहेका छन् । 

तालिबानले काबुल, कंधार र मजार–ए–शरीफजस्ता ठूला शहरमा हरेक चौबाटोमा चेकपोस्ट बनाएको छ । यहाँ तालिबानी लडाकू तैनाथ छन् जसले यहाँबाट हिँड्ने हरेक व्यक्तिलाई अनुसन्धान गरेपछि मात्रै उनीहरुलाई अघि बढ्न दिन्छन् । सडकमा बख्तरबन्द गाडी, कार र बस गुडिरहेको देख्न सकिन्छ । तालिबानका लडाकू खुल्ला जीवमा सडकमा जीतको उत्सव मनाइरहेका छन् । यी सबका बीच अफगानिस्तानका सर्वसाधारणले बुझ्न सकिरहेका छैनन् कि आखिर ‘भागेर जाऊँ कुन ठाउँ जाऊँ’ । 

काबुलमा जताततै गोलीबारी र लुटपाटको खबर छ । सरकारी एजेन्सीका अफिसमा लुटपाट भएको छ । यता तालिबानले भने उनीहरुको नाममा अराजक तत्वले लुटपाट गरिरहेको बताइरहेको छ । संवेदनशील दस्तावेज जलाइएको छ । लुटपाट गर्नेहरुमाथि तालिबानी लडाकूले गोली पनि चलाएका छन् ।

पाकिस्तानको चमन शहरसँग अफगानिस्तानको कंधार शहरको सीमा लाग्छ । यहाँ हज्जारौं अफगानिस्तानी जम्मा भएका छन् । उनीहरु पाकिस्तान प्रवेश गर्ने कोसिस गरिरहेका छन् जसलाई पाकिस्तानी प्रहरील रोकिरहेको छ । 

अफगानिस्तानका जनता राष्ट्रपतिले देश छोडेर गएको जानकारी पाएलगत्तै सडकमा निस्किए । यो फोटो तालिबानको सोसल मिडिया अकाउन्टबाट सेयर गरिएको हो । 

राष्ट्रपति र उपराष्ट्रपतिले अफगानिस्तान छोडेपछि देशमा भागदौड मच्चिएको छ । मानिसहरुले बुझेका छन् कि अब उनीहरुलाई तालिबानबाट बचाउने कोही छैन । फोटो काबुल विमानस्थलको हो । 

फोटो काबुल विमानस्थलको शनिबार रातीको  हो । १५ अगस्टमा राष्ट्रपतिले देश छोडेको खबर आएपछि मानिसहरु एयरपोर्टमा जम्मा हुन सुरु भए । 

काबुलका विभिन्न स्थानमा तालिबानका लडाकूले यसरी चेक पोइन्ट बनाएका छन् । यहाा तालिबानका लडाकू सधैं हतियारसहित तैनाथ छन् । 

अफगानिस्तानको हेरात शहरमा तालिबानको झण्डा बेच्दै गरेका अफगानी युवक । तालिबानको डरले मानिसहरुले झण्डा खरिद गरेर आफ्नो घरमा राख्न सुरु गरेका छन् । 

कंधार शहरमा पेट्रोलिङ गरिरहेका तालिबानका लडाकू । काबुलपछि यो अफगानिस्तानको दोस्रो ठूलो शहर हो । यहाँको जनसंख्या ७ लाख नजिक छ । 

कंधार, काबुल र मजार ए शरीफसहित अफगानिस्तानका लगभग हरेक शहरमा सडकमा बख्तरबन्द गाडी देखिएका छन् । यसमा सवार भएर तालिबानी लडाकू शहर घुम्छन् ।

तालिबानी लडाकू यसरी खुल्ला गाडीमा यात्रा गर्न रुचाउँछन् । 

तालिबानको काबुलमा प्रवेश हुने बित्तिकै अमेरिकाले आफ्ना जनतालाई त्यहाँबाट निकाल्न सुरु गरेको छ । फोटोमा अट्याक हेलिकोप्टरमार्फत् अमेरिकी नागरिकलाई लैजादैं गर्दै अमेरिकी सैनिक । 

बेलायती सेनाको १६ औं एयर असल्ट ब्रिगेडका सैनिक १५ अगस्टमा काबुल पुगे । यहाँबाट युद्धस्तरमा आफ्ना नागरिकलाई निकाल्ने काम गरिरहेका छन् । 

काबुलमा जीतपछि तालिबानले शहरको सडकमा यसरी आफ्नो सेतो झण्डा लगाएर उत्सव मनाए । जुन शहरमा तालिबानले कब्जा गर्दथ्यो, त्यहाँ यो सेतो झण्डा देखिन्छ । 

यो फोटो काबुलमा तालिबानको कब्जा पछिको हो । लडाकू जीप चढेर मानिसहरुलाई अभिवादन गरिरहेका छन् । 

अफगानिस्तानको मजार ए शरीफ शहरमा कब्जा गरेपछि तालिबानको हातमा आधुनिक हतियार पर्यो । यसमा थुप्रै एयरक्राफ्ट र अट्याक हेलिकोप्टर समावेश छन् । 

तालिबानी यसपटक काटमारबाहेक अन्य कुरामा पनि ध्यान केन्द्रित गरिरहेका छन् । फोटोमा तालिबानका लडाकू मिडियालाई अन्तर्वार्ता दिएपछि त्यसलाई अनलाइनमा हेर्दै । 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप