सुटिङको गाडी दुर्घटना : एकको मृत्यु, आधा दर्जन बढी घाइते
म्युजिक भिडियो छायाँकन लागि कलाकार तथा प्राविधिक बोकेर पोखरा गएको गाडी दुर्घटनामा परेको छ । भिडियो छायाँकन गरेर पोखराबाट काठमाडौँ फर्किने क्रममा उक्त गाडी गएराति धादिङको गजुरीमा दुर्घटनामा परेको हो ।
सुटिङबाट काठमाडौ फर्किदै गरेको गाडीलाई भारतीय नम्बर प्लेटको एक गाडीले ठक्कर दिएपछि दुर्घटना भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले बताए । दुर्घटनामा एक जनाको मृत्यु र बस ड्राइभर सहित दर्जन घाइते भएको अध्यक्ष लामाले जानकारी दिए ।
दुर्घटनामा परेका मध्य घाइते हुनेमा क्यामरा पर्सन दिर्घ गुरुङ, बिनोद लामा, श्याम तामाङ, नारायण गुरुङ, रमेश सुनुवार, दीपेन्द्र थपलिया, महेन्द्र लामा लगायत रहेका छन् । जसको ट्रमा सेन्टरमा उपचार भइरहेको अध्यक्ष लामाले बताए । निर्देशक परिपुलुङ राईको पोखराको एक अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका घाइते
उक्त दुर्घटनामा निर्देशक राईको बहिनी रेनुपुलुङ राईको भने घटनास्थलमै मृत्यु भएको छ ।
परिपुलुङ राई निर्देशक, मोडल र गीतकार पनि हुन् । उनकै नेतृत्वमा सुटिङ युनिट काठमाडौंबाट पोखरा गएको थियो ।
उक्त दुर्घटनामा सुटिङ गाडीका चालक विजय पनि गम्भिर घाइते भएका छन् । उनको पनि ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
दुर्घटनामा परेका दुबै गाडी भने गजुरी प्रहरीले नियन्त्रणमा रहेको लामाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)