आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

२४ घण्टामा ३४५१ जनामा संक्रमण पुष्टि, ३५ को मृत्यु

सोमबार, ३२ साउन २०७८, २१ : ००
सोमबार, ३२ साउन २०७८

बितेको २४ घण्टामा देशभर ३४५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २४५८ जना संक्रमणमुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ । 
स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ३४ हजार ८३८ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ७६ हजार १५ जनामा पुष्टि भएको छ । 

संक्रमितमध्ये हालसम्म कोरोना निको हुनेको संख्या ६ लाख ८५ हजार १४० पुगेको छ भने मृतकको कुल संख्या १० हजार ३२७ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप