जनतामा सरकारप्रतिको भ्रम तोडियो : प्रमुख सचेतक भट्टराई
सोमबार, ३२ साउन २०७८, १६ : ३१
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भटट्राईले संसदको जन्मदाता नै ठान्ने सत्तापक्षको भ्रम तोडिएको बताएका छन् । नेता भट्टराईले एक महिनासम्म संसद चल्दा न कुनै विधेयक पास गर्न सकेको न कुनै अध्यादेशमाथि नै छलफल हुन सकेको भन्दै संसदको जन्मदाता हुँ भन्नेहरुले जनतामा छरेको भ्रम तोडिएको बताए ।
‘न एउटा विधेयक पास गरे ? न एउटा अध्यादेशमा छलफल गरे ? न कुनै एउटा विषयमा कुराकानी हुन सक्यो ? खाली समवेदना मन्तव्य राखेर संसदको अधिवेशन चलाएर बन्द गरे’, भट्टराईले रातोपाटीसँग भने, ‘संसदको जन्मदाता नै हामी हौ झै गर्थे, संसद परमादेशबाट आयो पनि । तर न संसद चलाए न सरकार चलाए ।’ त्यस्तै उनले परमादेशबाट आएको सरकारबाट यो भन्दा धेरै गर्छ भन्ने आशा नभएको पनि बताए । ‘आशा त थिएन तर जनता र केही मान्छेका बीचमा रहेको भ्रम आजबाट तोडियो’ भट्टराईको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण