आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अर्थमन्त्रीको चासोपछि नेप्सेमा ५ अंक बढीको सुधार

सोमबार, ३२ साउन २०७८, १६ : १०
सोमबार, ३२ साउन २०७८

मौद्रिक नीतिपछि विच्किएको सेयर बजारमा सोमबार ५.७२ अंकको सुधार आएको छ । मौद्रिक नीतिपछि आत्तिएका लगानीकर्ताहरुले भटाभट सेयर बेच्दा गत आइतबार एकै २४.८८ अंकले बजार घटेको थियो भने, यसमा अर्थमन्त्रीले समेत चासो व्यक्त गरेका थिए । 

अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारलाई प्रभावित हुन नदिने बरु कर्जा नीतिका कारण सेयर बजार प्रभावित भएको भए त्यसलाई समेत तत्काल सुधार गर्न आफू तयार रहेको बताएपछि सेयर बजारमा सुधार आएको हो । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज सेयर बजार परिसूचक नेप्से ५.७२ अंकले बढेर ३१ सय ६०.०५ विन्दुमा पुगेको छ ।

यस्तै यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ३.५६ अंकले बढेर ५९२.९३ विन्दुमा पुगेको नेप्सेले जनाएको छ । 
सुधारोन्मुख बजारमा आधादर्जन हारहारीका कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने, दर्जन माथिका कम्पनीहरुले ५ प्रतिशत माथिले कमाएका छन् । 

यस दिन ट्रेडिङ विकास बैंक, हाइड्रो, माइक्रोफाइनान्स, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो उप समूहका लगानीकर्ताहरूले कमाएका छन् भने बैंकिङ्ग, होटल तथा पर्यटन, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, म्युचुअल फण्ड लगायतका उपसमूहका लगानीकर्ताहरुले गुमाएका छन् । 

आज २२७ कम्पनीका २ करोड ८६ लाख १७ कित्ता माथिको सेयर बजारमा १ लाख ५९ हजार ९३ पटक किनबेच हुँदा कुल १५ अर्ब ९३ करोड ८ लाखको कारोबार भएको छ । 
जबकी गत आइतबार २४ अंकले घटेको बजारमा हालसम्मकै उच्च २१ अर्ब ६४ करोड ७६ लाखको कारोबार भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप