कुलमानको नियुक्तिविरुद्ध सर्वोच्च गए हितेन्द्रदेव शाक्य

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा ‘थमौती गरिपाउँ’ भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भनेर शाक्यले दायर गरेको रिट निवेदन दर्ता गरेको सर्वाेच्चका सहरजिष्ट्रार बाबुराम दाहालले रातोपाटीलाई जानकारी दिए ।
रिटमा शाक्यले पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा ‘संविधान सम्मत मेरो अधिकार हनन भएको’ दावी गरेको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले रातोपाटीलाई बताए । शाक्यले विद्युत प्राधिकरणमा आफैंलाई कायम गर्न अन्तरिम आदेशको माग गरेका छन् ।
यसअघि शाक्यकै सहमतिमा सरकारले कुलमानलाई प्राधिकरणमा नियुक्त गरेको दावी गरिएको थियो । शाक्यलाई सचिव सहरको सेवा सुविधा दिइ ऊर्जा आयोगमा ४ वर्षका लागि नियुक्ति गरिएपनि उनी एकाएक सर्वोच्च गएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, दिराम, दिनार र रियालको भाउ ?
-
एम्बाप्पे विनाको खेलमा रियाल विजयी, भाल्भर्डले उभ्याए उपाधि दौडमा
-
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी शर्मालाई
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल