काबुलबाट विमानको चक्कामा लुकेर भाग्न खोज्ने अफगानी नागरिक आकाशबाट खसेको दाबी
अफगानिस्तान तालिबानको कब्जामा पुगेपछि देश छाड्नका लागि मानिसहरु आफ्नो ज्यानै जोखिममा राख्न थालेका छन् । सोमबार आकाशमा उडिरहेको विमानबाट खसेर ३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । सैन्य जहाजको चक्कामा लुकेर यात्रा गर्न खोज्ने तीनजना विमान उडिरहेको बेला खसेको बताइएको छ ।
काबुल सहरको माथि उड्दै गरेको विमानबाट मानिसहरू खसेको भिडियो पनि आएको छ । जसमा मानिसहरू खस्दै गरेको देख्न सकिने दैनिक भास्करमा प्रकाशित समाचारमा उल्लेख गरिएको छ । उनीहरू सैन्य विमानको टायरमा बसेर भाग्न खोजेको स्थानीयलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ । विमान आकाशमा उडेपछि उनी एक–एक गरेर खसेको बताइएको छ । केही व्यक्तिको शव स्थानीयको घरको छतमा खसेको तस्बिर स्थानीयले सामाजिक सञ्जालमा सेयर गरेका छन् । यद्यपि, यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन ।
अफगानिस्तानमा तालिबानले कब्जा जमाएसँगै काबुल विमानस्थलमा ठूलो भीड देखिएको छ । हाल विमानस्थल अमेरिकी सैनिकको नियन्त्रणमा रहेको छ । रोयटर्सका अनुसार विमानस्थलमा भएको गोलीबारीमा मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ । सामाजिक सञ्जालमा सेयर गरिएको भिडियोमा भुइँमा शवहरू देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण