आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

चीनले भन्यो, ‘तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न चाहन्छौं’

सोमबार, ३२ साउन २०७८, १५ : ५८
सोमबार, ३२ साउन २०७८

अफगानिस्तानको राजधानी काबुलमा तालिबानको नियन्त्रणपश्चात् चीनले सोमबार आफू तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न इच्छुक भएको बताएको छ । 

समाचार एजेन्सी एएफपीका अनुसार चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिंगले भनिन्, ‘अफगानका मानिसहरु आफ्नो भाग्यको निर्णय आफैंले गरुन् । चीनले उनीहरुको यो अधिकारको इज्जत गर्छ । चीन अफगानसँग मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध विकसित गर्ने दिशामा अघि बढाउनका लागि इच्छुक छ ।’

यसअघि चीनले अफगानिस्तानमा आफ्नो दूतावास खुल्ला रहने संकेत दिएको थियो । 

चीनले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई पनि घरभित्रै बस्न र स्थितिप्रति सचेत रहन आग्रह गरेको छ । 

यसका साथै चीनले ‘अफगानिस्तानमा भिन्न गुट’ सँग आफ्नो नागरिकको सुरक्षा सुनिश्चित गर्नका लागि भनेको छ । तालिबानका प्रतिनिधि अघिल्लो जुलाईमा चीन गएका थिए जहाँ उनीहरुको भेट विदेशमन्त्री वांग यी सेसँग भएको थियो । 

त्यतिबेला यो बैठकलाई राजनीतिक शक्तिको रुपमा तालिबानलाई अन्तरराष्ट्रिय मान्यताको रुपमा हेरिएको थियो । चीनको विदेश मन्त्रालयले ऊ अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिको पालना गर्ने बताएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप