चीनले भन्यो, ‘तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न चाहन्छौं’
अफगानिस्तानको राजधानी काबुलमा तालिबानको नियन्त्रणपश्चात् चीनले सोमबार आफू तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न इच्छुक भएको बताएको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिंगले भनिन्, ‘अफगानका मानिसहरु आफ्नो भाग्यको निर्णय आफैंले गरुन् । चीनले उनीहरुको यो अधिकारको इज्जत गर्छ । चीन अफगानसँग मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध विकसित गर्ने दिशामा अघि बढाउनका लागि इच्छुक छ ।’
यसअघि चीनले अफगानिस्तानमा आफ्नो दूतावास खुल्ला रहने संकेत दिएको थियो ।
चीनले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई पनि घरभित्रै बस्न र स्थितिप्रति सचेत रहन आग्रह गरेको छ ।
#BREAKING China says willing to develop 'friendly relations' with Afghanistan's Taliban pic.twitter.com/Xe68h9K9nn
— AFP News Agency (@AFP) August 16, 2021
यसका साथै चीनले ‘अफगानिस्तानमा भिन्न गुट’ सँग आफ्नो नागरिकको सुरक्षा सुनिश्चित गर्नका लागि भनेको छ । तालिबानका प्रतिनिधि अघिल्लो जुलाईमा चीन गएका थिए जहाँ उनीहरुको भेट विदेशमन्त्री वांग यी सेसँग भएको थियो ।
त्यतिबेला यो बैठकलाई राजनीतिक शक्तिको रुपमा तालिबानलाई अन्तरराष्ट्रिय मान्यताको रुपमा हेरिएको थियो । चीनको विदेश मन्त्रालयले ऊ अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिको पालना गर्ने बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
-
वैकल्पिक भनिएका शक्तिहरू बिचार शून्य र विध्वंसात्मक बाटोमा लागे : राउत
-
प्रधानमन्त्री बालेनले संसदमा बोलेको कुरा रणनीतिक हो : विनोज बस्न्यात
-
असममा भारतीय वायुसेनाको विमान दुर्घटनामा ५ जनाको मृत्यु
-
उत्तरपश्चिमी पाकिस्तानमा भारी वर्षा, ४ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण