शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘घर भाँडेको’ आरोप लगाउँदै उदयपुरमा किशोरीको हत्या

हत्यामा संलग्न २ जना सार्वजनिक
सोमबार, ३२ साउन २०७८, १५ : ४६
सोमबार, ३२ साउन २०७८

उदयपुरको त्रियुगा नगरपालिका–१ राजदेवी सामूदायिक बनमा मृत फेला परेकी १६ वर्षिया कृशला चौधरीको हत्या भएको खुलासा भएको छ । हत्या आरोपमा उदयपुर प्रहरीले दुईजना युवालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–१ घर भएका २७ वर्षीय उचितलाल सदा र २३ वर्षीय विषे सदा छन् । त्रियुगा नगरपलिका–६  घर भएकी कृशला चौधरीको साउन १३ मा बेपत्ता भएकी थिइन् । साउन १९ मा शव फेला परेपछि घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।

साउन २० मा मृतकका बुवा प्रेम कुमार चौधरीले शवको सनाखत गरेसँगै प्रहरीले १ सय जना शंकास्पदहरुसँग सोधपुछ गरेको थियो । उचितलाल सदा र विषे सदा मिलेर राजदेवी सामुदायिक बन स्थित रातमाटे खहरे खोलामा घाँटी थिचेर किशोरीको हत्या गरेको अनुसन्धानबाट थाहा भएको उदयपुरका एसपी सुवासचन्द्र बोहराले रातोपाटीलाई बताए ।

 आरोपी उचितलाल सदाले कृशला चौधरीले आफ्नो घर परिवार बिगारेको हुनाले बदला स्वरुप हत्या गरेको प्रहरीलाई बताएका छन् । उचितलालको पत्नी र कृशलाको बिचमा चिनजान थियो । पत्नीलाई गलत कुरा सिकाएर ‘घर भाँडेको’ आरोप लगाएर उचितलालले विषे सदाको सहयोगमा कृशलालाई खहरेमा बोलाएर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

मृतकका आफन्तले हत्यारा पत्ता लगाउन दवाव दिँदै उदयपुरमा आन्दोलन गरेका थिए । संघीय संसदमा पनि हत्याबारे कुरा उठाइएको थियो । प्रहरीले अदालतबाट १० दिनको म्याद लिएर आरोपीहरुमाथि अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप