'माप्रसे' सरकारले एमाले फुटाउन अध्यादेश ल्याउन लागेको भन्दै महेश बस्नेतको आपत्ति
नेकपा एमालेका सांसद महेश बस्नेतले वर्तमान देउवा सरकारलाई माप्रसे सरकारको संज्ञा दिएका छन् । सोमबार प्रतिनिधि सभामा बोल्दै नेता बस्नेतले वर्तमान सरकारलाई परमादेश सरकार भन्दा सत्तापक्षका सांसदहरूलाई टाउको दुख्ने गरेको भन्दै आफूलाई ‘एकजना कलाकारले दिएको सुझाव अनुसार यो सरकारलाई माप्रसे सरकार भन्ने बताए । ‘किनभने माधव नेपालको आडमा प्रचण्डको सहयोगमा शेरबहादुर देउवाले नेतृत्व गरेको हुनाले माप्रसे सरकार’, बस्नेतले भने ।
उनले माप्रसे सरकारले संसद् अधिवेशन अन्त्य गरेर एमाले विभाजन गर्ने अध्यादेश ल्याउन लागेको भन्दै विरोध समेत गरे ।
‘माप्रसे सरकारले आज एउटा गज्जबको निर्णय गर्दैछ भन्ने सुनेँ, यो संसद् अन्त्य गर्ने नेकपा एमाले विभाजन गर्ने अध्यादेश ल्याउने’ बस्नेतले भने, ‘डेढ महिनासम्म हिजो संसदीय व्यवस्था चुनौती दिने र केपी ओली सरकारलाई गाली गर्ने सरकारले आज यो निर्णय ग¥यो भने संसदीय इतिहासमा कालो निर्णय हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण