लोकतन्त्रवादीहरुलाई जोगाउन आवश्यक परे अध्यादेश पनि ल्याउनुपर्छ : सांसद पाण्डे
प्रतिनिधिसभा सदस्य मोहनप्रसाद पाण्डेले लोकतन्त्रवादीहरुलाई जोगाउनका लागि आवश्यक परेमा सरकारले अध्यादेश पनि ल्याउनुपर्नेमा जोड दिएका छन् ।
सरकारले संसदको जारी अधिवेशन अन्त्य गर्न लागेको समाचार प्रकाशमा आइरहेको अवस्थामा उनले लोकतान्त्रिक शक्तिहरूलाई जोगाउन, लोकतन्त्रको पक्षमा लागेका राजनीतिकर्मीहरूलाई संरक्षण गर्न आवश्यक परेमा सरकारले अध्यादेश ल्याउन सक्ने प्रस्ट पारे ।
‘संविधानअनुसार पाँच वर्षका लागि आवधिक निर्वाचन हुन्छ,’ उनले भने, ‘जनादेशको घाँटी निमोठ्न थालेपछि हामीले परमादेश खोजेका हौं, मागेका हौं । त्यही परमादेशको आधारमा संसद जीवन्त भएको छ ।’
घाँटी निमोठेको जनादेशमा प्राण भर्ने काम परमादेशबाट भएको भन्दै उनले वर्तमान सरकार जनादेश र परमादेश दुवैको नतिजा भएको बताए ।
उनले प्रमुख प्रतिपक्ष नेकपा एमालेतिर लक्षित गर्दै भने, ‘तपाईहरुसँग प्रचण्ड हुँदा ठिक, माधव नेपाल हुँदा ठिक । तपाईहरुसँगै नहुँदा बेठीक !’
उनले वर्तमान सरकार लोकतान्त्रिक भएकैले हरेक पार्टीमा हुने दमन, लोकतन्त्रविरोधीहरुलाई निस्तेज पार्न चाहेको पनि बताए ।
उनले भने, ‘हरेक पार्टीमा लोकतन्त्रका पक्षमा लडेका साथीहरु, राजनीतिकर्मीहरु, माननीयजीहरुलाई संरक्षण र साथ दिनका लागि यो सरकारले जे गर्नुपर्छ, त्यो गर्छ ।’
उनले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले पनि अध्यादेश ल्याएको चर्चा गर्दै आफूले ल्याउँदा ठिक र अरुले ल्याउँदा बेठीक भन्न नमिल्ने तर्क गरे । ‘तपाईहरुले अध्यादेश ल्याउँदा ठिक हुने, यो सरकारले ल्याउँदा बेठीक हुन्छ ?’ उनले भने, ‘तपाईहरुले आफ्नै पार्टीभित्र अत्याचार गर्नुभयो, दमन गर्नुभयो, आज त्यो दमन विस्फोट भएको छ ।’
लोकतान्त्रिक प्रक्रिया र विधिलाई जोगाउने सवालमा आवश्यक परेमा सरकारले अध्यादेश ल्याउन सक्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण