युरिक एसिडले मृगौलालाई गर्छ हानी, थाहा पाउनुहोस् यसलाई नियन्त्रण गर्ने तरिका
आजकाल मानिसहरुमा युरिक एसिडको समस्या बढ्दै गइरहेको छ । शरीरमा युरिक एसिडको स्तर त्यतिबेला बढ्छ जब मृगौलाले यसलाई फिल्टर गर्न विफल रहन्छ । साधारणतया मृगौलाको काम युरिक एसिडलाई फिल्टर गरेर पिसाबमार्फत् यसलाई शरीरबाट बाहिर निकाल्नु हो । जब शरीरमा युरिक एसिड धेरै मात्रामा बन्न थाल्छ तब मृगौलाले यसलाई फिल्टर गर्न सक्दैन तसर्थ रगतमा युरिक एसिडको स्तर बढ्ने गर्छ ।
यद्यपि, कम जानकारीका कारण मानिसहरु यसको लक्षणलाई नजरअन्दाज गर्ने गर्छन् । यस्तोमा युरिक एसिडको बढ्दो स्तरले थुप्रै स्वास्थ्य समस्यालाई जन्म दिन सक्छ । यसका कारण जोर्नी दुख्ने समस्या पनि हुनसक्छ । युरिक एसिडबारे थाहा पाउनैपर्ने जानकारी यहाँ दिइएको छः
विशेषज्ञका अनुसार युरिक एसिड एक प्रकारको प्राकृतिक विकार हो जुन शरीरमा दैनिक उत्पन्न हुन्छ । यो प्यूरिन नामको रसायनबाट प्राप्त हुन्छ जुन प्राकृतिक कोसिका टुटेका कारण बन्ने गर्छ । महिलाका लागि सामान्य युरिक एसिडको स्तर २–६ हो र पुरुषका लागि यो लगभग ३–७ हो ।
विशेषज्ञका अनुसार धुम्रपान, मद्यपान र धेरै बेरसम्म बसिरहँदा शरीरमा युरिक एसिडको स्तर बढ्ने गर्छ । युरिक एसिडमा वृद्धि हुँदा जोर्नी सुन्निने, हिँड्न समस्या हुने, मृगौलामा पत्थरी पनि हुनसक्छ । युरिक एसिडको स्तरलाई बढ्नबाट रोक्नका लागि यी चीजको सेवन गर्नुहोस् ।
पर्याप्त मात्रामा पानी पिउनुहोस्ः
आफूलाई हाइड्रेट राख्दा युरिक एसिडको स्तर नियन्त्रणमा रहन्छ । दैनिक ८–१० गिलास पानी पिउनुहोस् । दैनि ताजा र मौसमी फलफूलको सेवन गर्दा शरीर स्वस्थ रहन्छ र युरिक एसिडको स्तर पनि नियन्त्रणमा रहन्छ । यसबाहेक केराको सेवन गर्दा पनि शरीर सुन्निन कम हुन्छ ।
नट्सः
नट्सको सेवनले शरीरलाई स्वस्थ र ऊर्जावान् राख्न मद्दत गर्छ । दैनिक नट्सको सेवन गर्दा युरिक एसिडको स्तर नियन्त्रणमा रहन्छ ।
दुग्धजन्य पदार्थः
दुध, दही र मोहीको सेवनले युरिक एसिडको स्तरलाई नियन्त्रणमा राख्छ । विशेषज्ञका अनुसार दिनमा एकपटक किसमिससँग दही खाँदा युरिक एसिड नियन्त्रणमा रहन्छ । मोहीले तपाईंलाई हाइड्रेट रहन मद्दत गर्छ र मांसपेशी र जोर्नीका लागि पनि फाइदाजनक हुन्छ ।
दालः
दालमा प्रोटिन भरपुर मात्रामा पाइन्छ । तपाईं आफूलाई मनपर्ने कुनै पनि एक दाललाई आफ्नो खानामा समावेश गर्न सक्नुहुन्छ । यसबाहेक टुसा उम्रेका गेडागुडीको सेवनले पनि युरिक एसिडको स्तरलाई नियन्त्रणमा राख्छ ।
व्यायामः
नियमित व्यायामले तपाईंको युरिक एसिडको स्तरलाई कम राख्न ठूलो भूमिका निभाउँछ । दैनिक ३० मिनेट हिँड्नुहोस् । हप्तामा कम्तीमा दुई दिन स्ट्रेन्थ ट्रेनिङ गर्नुहोस् । आफ्नो दिनचर्यामा स्ट्रेच र योग समावेश गर्नुहोस् । सुत्नु अघि एक गिलास बेसार हालेको दुध पिउनुहोस् ।
के नखाने ?
केचप, प्याक जुस, चकलेट, चिप्स र बिस्कुट आदिको सेवन नगर्नुहोस् । यसको सेवनले शरीरमा युरिक एसिडको स्तरलाई निकै हदसम्म बढाउन सक्छ ।
यससँग जोडिएको भ्रमः
केही मानिसहरुको मान्यता छ कि पालुङ्गोको सेवन गर्दा युरिक एसिड बढ्छ तर पालुङ्गोको सिमित मात्रामा सेवन गर्दा कुनै समस्या हुँदैन । यसबाहेक दुध र दुग्धजन्य पदार्थको सेवन पनि सुरक्षित छ । सही अनुपातमा अण्डाको सेवन गर्दा पनि युरिक एसिडको स्तर बढ्दैन । मासु र माछाले पनि तपाईंको युरिक एसिडको स्तरलाई बढाउँदैन । तपाईं यसलाई सिमित मात्रामा हप्तामा दुईदेखि तीन पटक खान सक्नुहुन्छ । यसै प्रकार व्यायामलगत्तै व्हे प्रोटिनको सेवन गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि रिट दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान