ओलीलाई ‘धुन्धुकारी’ संज्ञा दिँदै रङ्गमती शाहीले भनिन्– यो सरकारले राष्ट्रपतिलाई रातभर जाग्राम राख्दैन
सांसद रङ्गमती शाहीले केपी शर्मा ओलीलाई ‘धुन्धुकारी’ संज्ञा दिएकी छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा उनले भागवत पुराणमा उल्लेखित पात्र ‘धुन्धुकारी’ जस्तै पूर्व प्रधानमन्त्री ओली कलियुगको धुन्धुकारी भएको टिप्पणी गरिन् ।
‘दुई तिहाई पाएका पूर्व प्रधानमन्त्री कलियुगको धुन्धुकारी नै हुनुभयो । जसले आफ्नो पार्टी र संसद दुवैतिर धुन्धुकारीको भूमिका निर्वाह गर्नुभयो,’ उनले भनिन्, ‘अब गोकर्णको रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाको अवतरण भएको छ ।’
उनले ओली सरकारका पालामा भएका अनियमिततालाई उदाहरणका रुपमा लिँदै भनिन्, ‘यो सरकारले नयाँ नक्सा छापिएको पुस्तकको वितरण रोक्दैन, सांसदलाई सिंहदरबार र पार्टी कार्यालय कुन हो भन्ने छुट्याउन नसक्नेगरी बालुवाटारबाट शासन गर्दैन, ललिता निवास, यति, ओम्नी र ७० करोड भिडियो प्रकरण, वाइडबडीमा भएको भ्रष्टाचारको आफै अख्तियारको प्रमुख भएर जवाफ दिँदैन ।’
उनले अगाडि भनिन्, ‘ढुक्क हुनुस् । आफूलाई निन्द्रा नलागे राष्ट्रपतिज्यूलाई रातभर जाग्राम राख्दैन, सत्ता जोगाउन पशुपतिमा जलहरी चढाउँदैन, सांसदको अपहरण पनि गर्दैन, कात्रोमा पनि कमिशन खाँदैन, खानेलाई पनि बचाउँदैन । सकेसम्म आफ्नो निजी सम्पत्ति सरकारलाई दिने घोषणा गर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण