तालीबानले भिडियो जारी गर्दै भन्यो, ‘जहाँ पुगेका छौं, त्यसको आशै थिएन’
सोमबार, ३२ साउन २०७८, १४ : १५
तालिबान चरमपन्थीले काबुलमा कब्जा र जीतको घोषणा गरेको एक दिनपछि एउटा नयाँ भिडियो जारी गरेको छ ।
यो भिडियोमा तालिबानका उपनेताले अब अफगानी जनताका लागि केही गर्ने र उनीहरुको जीवन सुधार्ने समय आएको बताएका छन् ।
तालिबानका अन्य लडाकूसँग बसेका मुल्ला बरादर अदुन्दले यो भिडियोमा भनेका छन्, ‘अब केही नयाँ गर्ने समय आएको छ । हामी देशभरी शान्ति कायम गर्नेछौं । हामी मानिसहरुको जीवन उत्कृष्ट बनाउनका लागि जति सक्दो प्रयास गर्नेछौं ।’
उनले थपे, ‘हामी जसरी यहाँसम्म पुग्यौं त्यो हामीले सोचेका पनि थिएनौं र जुन स्थानमा छौं, त्यसको आशै थिएन ।’
तालिबानका एक अधिकारीले देशमा स्थिति पूर्ण रुपमा शान्तिपूर्ण भएको र कतै पनि संघर्ष नभएको दाबी गरेका छन् ।
यी अधिकारीले समाचार एजेन्सी रोयटर्ससँग भने, ‘हामीले जुन रिपोर्ट पाइरहेका छौं, त्यसको हिसाबले स्थिति शान्तिपूर्ण छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा