आजै राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुने
सोमबार, ३२ साउन २०७८, १४ : ००
सरकारले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
प्रतिनिधिसभा दोस्रो पटक पुनर्स्थापना भएपछि पनि सरकारले संसदलाई पर्याप्त बिजनेश दिएको थिएन । बिजनेश नहुँदा प्रतिनिधिसभा प्रभावकारी हुन सकेको गुनासो सांसदहरुले नै गर्दै आएका छन् ।
सरकार संसद अधिवेशन अन्त्य गरेर केही अध्यादेश ल्याउने तयारी गरेको स्रोतको भनाइ छ ।
आजै बसेको मन्त्रिपरिषद् बैठकले प्रवेश प्रदेश २ का प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय समेत गरेको थियो । सरकारले राजेश अहिराज (झा) लाई बर्खास्त गरेर पूर्वसांसद तथा नेपाली काँग्रेसका नेता हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण