शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अफगानिस्तान : चीन र रुसले दूतावास खाली नगर्ने

सोमबार, ३२ साउन २०७८, १३ : ५५
सोमबार, ३२ साउन २०७८

विद्रोही समूह तालिबानले राजधानी काबुलसहित अफगानिस्तानमा नियन्त्रण बनाएसँगै अमेरिका र उसका सहयोगी राष्ट्रहरूले आफ्ना दूतावास खाली गराएका छन् । तर, चीन र रुसले भने आफ्ना दूतावास बन्द नगर्ने सङ्केत दिएको छ ।

चीनले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई घरभित्र नै बस्न र पछिल्लो घटनाक्रमबारे जानकारी दिएको छ । उसले अफगानिस्तानका विभिन्न समूहलाई आफ्ना नागरिकको सुरक्षाका लागि आग्रह गरेको जनाएको छ । त्यस्तै, रुसको विदेश मन्त्रालयले पनि राज्यद्वारा सञ्चालित मिडियालाई अफगानिस्तान छाड्ने सरकारको कुनै योजना नरहेको बताएको छ ।

तालिबानका प्रतिनिधिहरूले गत जुलाईको अन्त्यमा चीन भ्रमण गरेर विदेश मन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए । यस भेटलाई तालिबानलाई राजनीतिक शक्तिको रूपमा अन्तर्राष्ट्रिय मान्यताको रूपमा हेरिएको थियो ।

चीनको विदेश मन्त्रालयले चीनले अफगानिस्तानको आन्तरिक मामिलामा ‘हस्तक्षेप नगर्ने’ नीति अवलम्बन गर्ने जनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप