अफगानिस्तान : चीन र रुसले दूतावास खाली नगर्ने
विद्रोही समूह तालिबानले राजधानी काबुलसहित अफगानिस्तानमा नियन्त्रण बनाएसँगै अमेरिका र उसका सहयोगी राष्ट्रहरूले आफ्ना दूतावास खाली गराएका छन् । तर, चीन र रुसले भने आफ्ना दूतावास बन्द नगर्ने सङ्केत दिएको छ ।
चीनले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई घरभित्र नै बस्न र पछिल्लो घटनाक्रमबारे जानकारी दिएको छ । उसले अफगानिस्तानका विभिन्न समूहलाई आफ्ना नागरिकको सुरक्षाका लागि आग्रह गरेको जनाएको छ । त्यस्तै, रुसको विदेश मन्त्रालयले पनि राज्यद्वारा सञ्चालित मिडियालाई अफगानिस्तान छाड्ने सरकारको कुनै योजना नरहेको बताएको छ ।
तालिबानका प्रतिनिधिहरूले गत जुलाईको अन्त्यमा चीन भ्रमण गरेर विदेश मन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए । यस भेटलाई तालिबानलाई राजनीतिक शक्तिको रूपमा अन्तर्राष्ट्रिय मान्यताको रूपमा हेरिएको थियो ।
चीनको विदेश मन्त्रालयले चीनले अफगानिस्तानको आन्तरिक मामिलामा ‘हस्तक्षेप नगर्ने’ नीति अवलम्बन गर्ने जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण