प्रदेश २ का प्रमुख बर्खास्त, सरकारद्वारा नयाँ नियुक्तिका लागि सिफारिस

प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराज (झा) लाई सरकारले बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्दै नयाँ नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
देउवा सरकारले पूर्वसांसद तथा नेपाली काँग्रेसका नेता हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरेको हो ।
महोत्तरीको पिपरा गाउँपालिकाका उनी नेपाली काँग्रेसका पुराना नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन् । २०१५ सालमा बीपी कोइराला नेतृत्वको सरकार हुँदा स्वर्गीय रामनारायण मिश्र उद्योग मन्त्री रहेका थिए । उनलाई काँग्रेस नेता विमलेन्द्र निधिको जोडबलमा प्रदेश प्रमुख सिफारिस गरिएको बताइएको छ ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले तिलक परियारलाई बर्खास्त गरेर राजेश अहिराजलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि अहिराजलाई पनि हटाएर मिश्रलाई नियुक्तिको सिफारिस भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकतामा फाटो ल्याउन एमालेभित्रै केहीले भ्रम फिँजाइरहेका छन् : ओली
-
सेयर बजारमा ११ अङ्कको गिरावट, कारोबार रकम ९ अर्बमाथि
-
उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडान कायमै
-
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन
-
अनुसन्धानमा तानिएका डा.वैकुण्ठ अर्यालसहित २३ जनालाई चलाइएन मुद्दा
-
लिभ–इनमा बसेकी प्रेमिका गर्भवती भएपछि हत्या, नेपाली नागरिक पक्राउ