प्रदेश २ का प्रमुख बर्खास्त, सरकारद्वारा नयाँ नियुक्तिका लागि सिफारिस
प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराज (झा) लाई सरकारले बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्दै नयाँ नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
देउवा सरकारले पूर्वसांसद तथा नेपाली काँग्रेसका नेता हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरेको हो ।
महोत्तरीको पिपरा गाउँपालिकाका उनी नेपाली काँग्रेसका पुराना नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन् । २०१५ सालमा बीपी कोइराला नेतृत्वको सरकार हुँदा स्वर्गीय रामनारायण मिश्र उद्योग मन्त्री रहेका थिए । उनलाई काँग्रेस नेता विमलेन्द्र निधिको जोडबलमा प्रदेश प्रमुख सिफारिस गरिएको बताइएको छ ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले तिलक परियारलाई बर्खास्त गरेर राजेश अहिराजलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि अहिराजलाई पनि हटाएर मिश्रलाई नियुक्तिको सिफारिस भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै उपत्यकाका पौडी पोखरीमा बढ्यो भिडभाड, तस्बिरहरु
-
कांग्रेस कपिलवस्तुका सहसचिव अरशदले दिए राजीनामा
-
‘द लास्ट डान्स’
-
प्रधानमन्त्रीको निर्देशनअनुसार काम गरिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता
-
पूर्व सांसद तथा एमाले नेता गुप्ताको निधन
-
नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पीटुपी रेमिट्यान्स सेवा सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
