शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सनराइज बैंकको नाफा डेढ अर्ब नाघ्यो

सोमबार, ३२ साउन २०७८, १३ : १२
सोमबार, ३२ साउन २०७८

काठमाडौं । सनराइज बैंकको नाफा डेढ अर्ब नाघेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सनराइजको नाफा १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

कोरोना भाइरसको महामारीले समग्र क्षेत्रमा प्रभाव पारे पनि बैंकिङ्ग क्षेत्रले भने नाफा कमाउन सफल भएको छ । सनराइजको नाफा अघिल्लो वर्षको भन्दा १०.५५ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । असार मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा ६० करोड १५ लाख रुपैयाँ कायम भएको छ ।

यसअवधिमा बैंकको खुद ब्याज आम्दानी ८.७७ प्रतिशतले घटेको छ भने सञ्चालन नाफा १८.९१ प्रतिशतले बढेको छ । बैंकको निक्षेप संकलन १७.९६ प्रतिशतले घट्दा कर्जा लगानी भने २४ प्रतिशतले बढेको हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.७७ प्रतिशतले घट्दा सञ्चालन नाफा १८.९१ प्रतिशतले बढेको छ ।  बैंकको  प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ २६ पैसा पुगेको बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप