आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

उदार देखिए तालिबानी, नागरिकहरुलाई दुख नदिन लडाकुलाई आग्रह

सोमबार, ३२ साउन २०७८, १२ : ४७
सोमबार, ३२ साउन २०७८

अफगानिस्तानको राजधानी काबुलकी एक छात्राले आयशा खर्रमले ट्विट गर्दै तालिबानको प्रशंसा गरेकी छन् ।

आयसाले सोमबार ट्विट गर्दै लेखेकी छन्, ‘सोमबार बिहान मेरो घरअगाडि चिच्याएको, कराएको आवाज आइरहेको थियो । साथै गोलीको आवाज पनि आइरहेको थियो । त्यसपछि म बिउँझिएँ ।’

उनले अगाडि लेखेकी छिन्, ‘आफूलाई मुजाहिदिन भन्ने केही लडाकुहरु घर–घरमा छिरेर मानिसहरुको सामान र कार लुटिरहेका रहेछन् । तर, उनीहरु तालिबानी अधिकारीहरु आएको खबर सुन्नेवित्तिकै भागे ।’

काबुल कब्जा गरेपछि तालिबानले फेरि आफ्ना लडाकुहरुलाई सर्वसाधारणमाथि ज्यादती नगर्न अनुरोध गरेको छ । 

अफगानिस्तानको सत्ता हातमा लिएपछि तालिबान पहिलेभन्दा उदार देखिएको छ । 

 

तालिबानका प्रवक्ता मोहम्मद सुहैल साहिनले ट्विट गर्दै भनेका छन्, ‘तालिबानले एक पटक फेरि मुजाहिदिनहरुलाई अनुमतिबिना कसैको घरको भित्र नपस्न आदेश दिएको छ । मुजाहिदिनहरुको जिम्मेवारी सर्वसाधारणको जीवन, सम्पत्ति र उनीहरुको सामानको रक्षा गर्नु हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप