मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा जीप दुर्घटना, ११ जना घाइते

सोमबार, ३२ साउन २०७८, १२ : ३७
सोमबार, ३२ साउन २०७८

पाल्पामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काठमाडौँबाट आएको लु १ ज २९९२ जीप बिहान तानसेन नगरपालिका वार्ड ७ सालघारीमा दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् । दुर्घटनामा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइते हुनेमा तानसेन नगरपालिका वार्ड ७ का २९ वर्षीय नरबहादुर कुमाल, सोही ठाउँमा २८ वर्षीय विक्रम गैरे, ४३ वर्षीय प्रेमबहादुर बाकवाल, ३२ वर्षका हुमबहादुर सारु, ३३ वर्षका विक्रम नेपाली, २९ वर्षका अनुज पल्ली, ३० वर्षका सोमबहादुर न्यौपाने , २८ वर्षका योगेश सारु, ३३ वर्षका पवनकुमार ग्राह, ३५ वर्षका सन्तोष गैरे रहेका छन् ।

यस्तै तानसेन नगरपालिका वार्ड ६ का ३३ बर्षीय चालक सोम राना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । सबै घाइतेलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप