अफगानिस्तानको काबुल एयरपोर्टमा अमेरिकी सेनाले गोली चलायो
सोमबार, ३२ साउन २०७८, १२ : १७
अफगानिस्तानको काबुल एयरपोर्टमा सोमबार अमेरिकी सेनाले गोली चलाएको छ । तालिवानले काबुल कब्जा गरेसँगै एयरपोर्टमा भीड बढेपछि अमेरिकी सेनाले गोली चलाएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले स्रोतलाई उदृत गर्दै बताएअनुसार अमेरिकी सेनाको गोली लागेर २ व्यक्तिको मृत्यु भएको छ । काबुल एयरपोर्ट अमेरिकी सेनाले नियन्त्रणमा लिएको जनाइएको छ ।
अफगानिस्तान तालिबानको कब्जामा परेपछि काबुल एयरपोर्टमा अहिले चर्को भीड देखिएको छ । अमेरिकी सेनाले गोली चलाए लगत्तै एयरपोर्टमा भागदौड मच्चिएको थियो ।
गोली चलेसँगै उक्त विमानस्थलबाट हुने सबै उडान बन्द गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक समय पनि दुई घण्टा सारियो
-
राजेशपायलले मस्कटमा गुन्जाए दर्जन गीत
-
‘गिरीबन्धु टी–स्टेटको जग्गाबारे निर्णय नीतिगत भ्रष्टाचार हो, छानबिन हुनुपर्छ’
-
मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा
-
तौल घटाउन यसरी गर्नुस् चिया सिडको प्रयोग
-
प्रहरी जवानको हत्यामा संलग्न नाबालकसहित ७ जना सार्वजनिक