अफगानिस्तानको काबुल एयरपोर्टमा अमेरिकी सेनाले गोली चलायो
सोमबार, ३२ साउन २०७८, १२ : १७
अफगानिस्तानको काबुल एयरपोर्टमा सोमबार अमेरिकी सेनाले गोली चलाएको छ । तालिवानले काबुल कब्जा गरेसँगै एयरपोर्टमा भीड बढेपछि अमेरिकी सेनाले गोली चलाएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले स्रोतलाई उदृत गर्दै बताएअनुसार अमेरिकी सेनाको गोली लागेर २ व्यक्तिको मृत्यु भएको छ । काबुल एयरपोर्ट अमेरिकी सेनाले नियन्त्रणमा लिएको जनाइएको छ ।
अफगानिस्तान तालिबानको कब्जामा परेपछि काबुल एयरपोर्टमा अहिले चर्को भीड देखिएको छ । अमेरिकी सेनाले गोली चलाए लगत्तै एयरपोर्टमा भागदौड मच्चिएको थियो ।
गोली चलेसँगै उक्त विमानस्थलबाट हुने सबै उडान बन्द गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
-
वैकल्पिक भनिएका शक्तिहरू बिचार शून्य र विध्वंसात्मक बाटोमा लागे : राउत
-
प्रधानमन्त्री बालेनले संसदमा बोलेको कुरा रणनीतिक हो : विनोज बस्न्यात
-
असममा भारतीय वायुसेनाको विमान दुर्घटनामा ५ जनाको मृत्यु
-
उत्तरपश्चिमी पाकिस्तानमा भारी वर्षा, ४ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण