साउने सोमबार छ, कोरोनाको के डर छ ?
देशमा कोरोना सङ्क्रमण पुनः बढ्दो छ । नयाँ भेरियन्ट फैलिएसँगै दैनिक ३ हजारको हाराहारीमा कोरोना सङ्क्रमितहरू फेला परिरहेका छन् । अहिले पनि देशभर खुकुलो भए पनि निषेध आदेश जारी गरिएको छ । काठमाडौँ उपत्यकाका तीन वटै प्रशासन कार्यालयले आगामी ८ गतेसम्मलाई लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । जसमा पुजारीबाट हुने नित्य पूजाबाहेक अन्य धार्मिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्न नपाउने भनिएको छ ।
आज साउनको अन्तिम सोमबार । पशुपतिनाथ मन्दिर क्षेत्र जाने हो भने प्रशासनको सो निषेध आदेश कागजमा मात्र सीमित भएको पुष्टि हुन्छ । कतिपय त मास्क नै नलगाई भिडभाडमा पुगेको देखिएको थियो ।
हिन्दू नारीहरूले साउन महिनाको पहिलो सोमबारदेखि व्रत बस्ने गर्दछन् भने महिनाको अन्तिम सोमबार शिव मन्दिरमा गएर पूजाआजा गरी आफ्नो एक महिने व्रत समापन गर्दछन् । व्रत बसेका व्रतालुहरूले साउनभर हातमा हरियो चुरा र मेहेन्दी लगाउने गर्दछन् । चुरा र मेहन्दी लगाएर व्रत बसेमा शिव खुसी भई आफूले चाहेको इच्छा पुरा हुने धार्मिक विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
अफगानिस्तानको अर्को क्षेत्रमा पनि बाढी, कम्तीमा ५० जनाको मृत्यु
-
ललितपुर आगलागी : ज्यान गुमाउनेको सङ्ख्या चार पुग्यो
-
रुसले उत्तरपूर्वी क्षेत्रमा आक्रमण बढाउन सक्ने जेलेन्स्कीको आशङ्का
-
प्रहरी जवानको हत्या आशङ्कामा ६ जना पक्राउ
-
अपराध न्यूनीकरणका लागि स्कुल पढाउने प्रहरी निरीक्षक फूलमाया