आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नबिल बैंकको नाफा साढे ४ अर्ब नाघ्यो

सोमबार, ३२ साउन २०७८, १० : ००
सोमबार, ३२ साउन २०७८

नबिल बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३०.०६ प्रतिशतले बढेको छ ।

बैंकको खुद नाफा बढ्दा ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ४६ करोड ३२ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १०.६४ प्रतिशत बढेर ७ अर्ब ७२ करोड ७० लाख ४० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ६ अर्ब ९८ करोड ३६ लाख ६५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकको नेट फि तथा कमिशन आम्दानी १९.७४ प्रतिशत बढेर १ अर्ब ४८ करोड ७१ लाख ११ हजार रुपैयाँ, सञ्चालन मुनाफा २६.३५ प्रतिशत बढेर ६ अर्ब ४३ करोड ५१ लाख ७२ हजार रुपैयाँ, वितरणयोग्य मुनाफा ३६.२९ प्रतिशत बढेर ४ अर्ब १४ करोड ६२ लाख ६१ हजार रुपैयाँ र कुल सञ्चालन मुनाफा २४.३२ प्रतिशत बढेर ११ अर्ब ३४ करोड ३३ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिसम्म बैंकको चुक्ता पूँजी ३७.११ प्रतिशत बढेर १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार रुपैयाँ, जगेडा कोष २३.६४ प्रतिशत बढेर १५ अर्ब २ कोड २७ लाख २८ हजार रुपैयाँ, निक्षेप १७.१२ प्रतिशत बढेर २ खर्ब २३ अर्ब ४७ करोड ८० लाख ८७ हजार रुपैयाँ र कर्जा ३३.८१ प्रतिशत बढेर १ खर्ब ९८ अर्ब १० करोड ७३ लाख ६९ हजार रुपैयाँ पुगेको छ ।

गत असार मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ४ पैसा छ । बैंकको प्रतिसेयर नेटवर्थ २४० रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४०.६९ गुणा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप